September 20th, 2017

शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडका सेयरधनीले २५ प्रतिशत बोनस सेयर पाउने भएका छन् । बैंकको संचालक समितिको बैठकले गत आर्थिक वर्षको कमाईबाट उक्त अनुपातमा बोनस सेयर वितरण गर्ने प्रस्ताव अघि सारेको छ । बैंकले गत आर्थिक बर्षमा ३४ करोड ९६ लाख २० हजार रुपैंया खुद नाफा कमाएको थियो । 

हाल शाइन रसुंगाको चुक्तापुँजी एक अर्ब १० करोड २८ लाख ९२ हजार रुपैयाँ रहेको छ । बैंकले चुक्तापुँजीको २५ प्रतिशतले हुने २७ करोड ५७ लाख २३ हजार एक सय रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । जसपश्चात् बैंकको चुक्तापुँजी एक अर्ब ३७ करोड रुपैयाँ पुग्नेछ । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको चालू आर्थिक वर्षको वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । बैंकले करका लागि लाभांश छुट्याएको छैन । 

रुपन्देहीको बुटवलमा कार्यालय रहेको १० जिल्ला कार्यक्षेत्र भएको बैंकले एक अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउनु पर्ने हुन्छ । अहिले बैंकको जगेडा कोषमा ५४ करोड ३१ लाख रुपैयाँ सञ्चित छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]