September 20th, 2017

नविल बैंकको एजिएम दशैँअघि नै, ३० प्रतिशत बोनस सेयर पारित हुँदै

नबिल बैंक लिमिटेडले दशैँअघि नै चालू आर्थिक वर्षको वार्षिक साधारणसभा गर्ने भएको छ । भदौ २७ गते नै साधारणसभा प्रयोजनका लागि सेयरधनी पुस्तिका बन्द गरिसकेको नविलले असोज १० गते मंगलबार साधारणसभा गर्ने जनाएको हो । 

साधारणसभामा बैंकले गत आर्थिक वर्षको कमाईबाट ३० प्रतिशत बोनस तथा १८ प्रतिशत नगद लाभांस बितरण गर्ने प्रस्ताव लैजाँदैछ । गत भदौ २६ गते सोमबारसम्म नबिल बैंकको सेयर किनेका सेयरधनीले मात्र प्रस्तावित बोनस तथा नगद लाभांस पाउने छन् ।

गत आर्थिक वर्षमा तीन अर्ब ६२ करोड आठ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकको चुक्ता पूँजी छ अर्ब १८ करोड ५५ लाख सात हजार रुपैंया रहेको छ । प्रस्तावित बोनस बितरण पश्चात बैंकको चुक्ता पूँजी आठ अर्ब चार करोड ११ लाख ५९ हजार रुपैंया पुग्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]