September 20th, 2017

किसान माइक्रोफाइनान्सको हकप्रद खुल्यो : हेर्नुहोस्, आवेदन दिने स्थानहरु

किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आज (असोज ४ गते)देखि एक सय बराबर २४ दशमलव ७७ को अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । संस्थाले एक सय रुपैयाँ अंकित दरमा ७८ करोड रुपैयाँ बराबरको ७८ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । 

किसानको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल लिमिटेड रहेको छ । सिभिल क्यापिटल मार्केट सुन्धारा, किसान माइक्रोफाइनान्सको केन्द्रीय तथा सम्पुर्ण शाखा कार्यालयहरु, सिभिल बैंकका शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज, नारायणगढ, पोखरा, वुटवल र नेपालगञ्जका शाखाबाट हकप्रद भर्न पाइनेछ । सेयर निष्काशन कात्तिक ७ गतेसम्म खुला हुनेछ । 

हाल किसान माइक्रोफाइनान्सको चुक्तापुँजी तीन करोड २२ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्काशन गरेपछि संस्थाको चुक्तापुँजी चार करोड रुपैयाँ पुग्नेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]