September 19th, 2017

के हो एटिएम ? नेपालमा कहिले भित्रियो ?

अटोमेटेड टेलर मेसिन अर्थात् एटिएमलाई अन्तर्राष्ट्रिय बैकिङ भाषामा प्लाष्टिक मनी भनिन्छ । विकसित देशमा कार्र्डले खल्तीमै पैसा हाले सरह काम गर्दछ । तर नेपालमा एटिएमको प्रयोग खातामा पैसा भएकालाई झिक्न बाहेक काम छैन । प्राय नेपालमा समयकै बचतका लागि पनि एटिएमको प्रयोग गर्नेहरु धेरै छन् । तर यसको प्रयोगबाट ग्राहकहरु भने त्यति सन्तुष्ट छैनन् ।

एटिएमको विकास एसियामा जापानबाट, युरोपमा स्वीडेन र लण्डनबाट र उत्तरी अमेरिकामा संयुक्त राज्य अमेरिकाबाट सुरु भएको हो । एटिएम प्रयोग हुन एक डिभाईस चाहिन्छ जुन डिभाईस सन् १९६६ बाट सुरु भएको बताईन्छ । हिमालयन बैंकले सन् १९९५ मा नेपालमा पहिलो पटक एटिएम कार्डको प्रयोग भित्राएपछि नेपालका सबै वाणिज्य बैंकहरुले यो सेवा संञ्चालन गरिरहेका छन् ।

तर प्रविधिको विकासमा निक्कै फड्को मारेको नेपालमा एटिएम कार्ड भने प्रयोग हुन थालेको २२ बर्षसम्म पनि खाताको पैसा झिक्ने प्रयोजनका लागि मात्रै प्रयोग हुनु लज्जाको बिषय हो । नेपालमा वित्तीय कारोबार गर्ने संस्थाबीच प्रतिष्पर्धा बढ्दै गएपछि बाणिज्य बैंकहरुले मात्रै होइन विकास बैक र फाइनान्स कम्पनीहरुले पनि एटिएमको सुविधा दिन थालेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]