September 18th, 2017

प्रभु मनि ट्रान्सफरद्धारा पहिलो साताको विजेता घोषणा (नामावलीसहित)

प्रभुसँग दशैँतिहार र छठ उमंग, हर्षले सबैजना दंग अन्तर्गत पहिलो साताका विजेताहरुको नामावली घोषणा गरिएको छ । प्रभु मनि ट्रान्सफरको यो योजना अन्तर्गत मञ्जु राणा थापामगरले एलईडी टीभी प्राप्त गरेकी छिन् । त्यस्तै, पेसल कुमार पौडेल र गंगाराम यादवले स्मार्ट फोन जितेका छन् । एक महिनाको रिचार्जको साथमा खिनमाया तामाङ, रमा दनुवार, बीना पन्थी पराजुली, पूर्ण बहादुर कार्की, विष्णु देवि थापा, इसाना भट्ट खत्री र अभिषेक प्रसाईले प्रभु टिभी सेट टप बक्स पाएका छन् । 

प्रभु मनि ट्रान्सफरले हरेक हप्ता एक जनालाई एलईडी टिभी, हरेक हप्ता दुई जनालाई स्मार्ट फोन र हरेक दिन एक जनालाई एक महिनाको रिचार्जको साथमा प्रभु टिभी सेट टप बक्स उपलब्ध गराउने गरी दशैँ तिहार योजना सार्वजनिक गरेको थियो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]