September 17th, 2017

समिट माइक्रोफाइनान्सका सेयरधनीले पाउने भए आकर्षक लाभांश

समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडले ३४.४८२७५८६२ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । बैंकको भदौ ३० गते बसेको १५५औँ संचालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको संचित मुनाफाबाट उक्त अनुपातमा बोनस सेयर वितरण गर्ने प्रस्ताव अघि सारेको हो । 

हाल सात करोड २५ लाख रुपैयाँ चुक्तापुँजी भएको समिटले दुई करोड ५० लाख रुपैयाँ बराबरको बोनस सेयर जारी गर्नेछ । साथमा कर प्रयोजनका लागि १.८१४८८२०३ प्रतिशतले हुन आउने १३ लाख १५ हजार सात सय ८९ रुपैयाँ ४७ पैसा नगद लाभांश समेत वितरण गर्ने बैंकले जनाएको छ । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको चालू आर्थिक वर्षको वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]