September 16th, 2017

नेपाल राष्ट्र बैंकले गर्ने मुख्य कामहरु : हेर्नुस् १० बुँदामा

मुलुकका बैंक तथा वित्तीय संस्थाहरुको नियन्त्रण तथा नियमनका लागि हरेक मुलुकमा एउटा केन्द्रीय बैंक रहेको हुन्छ । नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक हो । मुलुकका सबै बैंक तथा वित्तीय संस्थाहरु राष्ट्र बैंककै निर्देशनमा सञ्चालन भइरहेका हुन्छन् । साथै सरकारको आर्थिक गतिविधि हेर्ने काम पनि राष्ट्र बैंकले नै गर्ने गरेको छ भने मुद्रा व्यवस्थापनको काम पनि नेपाल राष्ट्र बैंकले नै गर्ने गर्दछ । 

नेपाल राष्ट्र बैंकले गर्ने कार्यहरु 
१. बैंक नोट तथा सिक्का निष्काशन र व्यवस्थापन गर्ने  । 
२. मौद्रिक नीति तर्जुमा  गर्ने र सो नीति कार्यान्वयन गर्ने गराउने ।  
३. विदेशी विनिमय नीति निर्माण गर्ने र सो नीति कार्यान्वयन गर्ने गराउने,
४. विनिमय पद्धति निर्धारण गर्ने । 
५. विदेशी विनिमय संचितिको व्यवस्थापन र संञ्चालन गर्ने ।  
६. बैंक तथा वित्तीय संस्थालाई वित्तीय कारोबार गर्न अनुमति दिने र त्यस्तो कारोबार कानुन बमोजिम भए वा नभएको सम्बन्धमा नियमन, निरीक्षण, सुपरिवेक्षण तथा अनुगमन गर्ने । 
७. नेपाल सरकारको बैंकर, सल्लाहकार तथा वित्तीय एजेन्टको रुपमा कार्य गर्ने । 
८. वाणिज्य बैंक तथा वित्तीय संस्थाको बैंक तथा अन्तिम ऋणदाताको रुपमा कार्य गर्ने । 
९. भुक्तानी, फछ्र्यौट (क्लियरिङ) तथा हिसाब मिलान (सेटलमेन्ट) पद्धतिको स्थापना तथा प्रवद्र्धन गरी सो कार्यलाई नियमित गर्ने ।  
१०. बैंकका निर्धारित उद्देश्य हासिल गर्नको निमित्त बैंकले गर्नुपर्ने अन्य आवश्यक कार्यहरु कार्यान्वयन गर्ने गराउने । 

बैंकिङ खबरद्धारा प्रकाशित  वित्तीय साक्षरता हाते पुस्तीकाबाट 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]