September 15th, 2017

ग्लोबल आईएमई बैंकको कामु सीईओमा पौड्याल नियुक्त

ग्लोबल आईएमई बैंक लिमिटेडको कामु प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौड्याल नियुक्त भएका छन् । अनिल ज्ञवालीले दुई बर्ष कार्यकाल बाँकी छँदै बैंक छाडेपछि पौड्याल काम प्रमुख कार्यकारी नियुक्त भएका हुन्। यसअघि उनी ग्लोबल आईएमई बैंकमा नै नायब प्रमुख कार्यकारी अधिकृत थिए ।

ग्लोबल आइएमइको बुधबार बसेको सञ्चालक समितिको बैठकले ज्ञवालीले दिएको राजिनामा स्वीकृत गरेको छ। सोही बैठकले पौड्याललाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ ।

सन् १९८७ मा नबिल बैंकमा इन्ट्रि लेभलबाट करिअर सुरु गरेका पौड्यालले बैंकिङ क्षेत्रमा ३० वर्ष बिताएका छन् । नबिलमा ११ बर्ष काम गरेपछि उनी साविकको एनआइसी बैंकमा गएका थिए। एनआइसी स्थापनामा सक्रिय भूमिका खेल्दै पाँच वर्ष बिताएर उनी लक्ष्मी बैंक स्थापनामा जुटे । लक्ष्मी बैंकमा एक वर्ष काम गरेर अध्ययनका लागि लण्डन पुगेका पौड्यालले त्यहाँको बैंकमा पनि साँढे चार वर्ष काम गरेका थिए । लण्डनबाट फर्किएर उनी ग्लोबल आईएमई बैंकमा सहायक महाप्रबन्धकका रुपमा भित्रिएका थिए। 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]