September 14th, 2017

स्वरोजगार लघुवित्तद्धारा तीन दिने च्याउखेती तालिमको आयोजना

स्वरोजगार लघुबित्त बिकास बैक शाखा कार्यालय सिमरीको आयोजनामा ३ दिने च्याउ खेती तालिम नवलपरासीको प्रतापपूरस्थित सिमरीमा सुरु भएको छ । आफ्ना सदस्यहरुलाई उद्यमी बनाउने उद्देश्यका साथ व्यवसायिक च्याउखेती तालिमको आयोजना गरेको बैंकका शाखा प्रबन्धक राजकुमार ज्ञवालीले बताउनु भयो । तालिमामा ८४ जना सदस्यको सहभागिता रहेको थियो ।

च्याउखेतीको महत्व, च्याउका जातहरु, च्याउखेती गर्दा ध्यान दिनुपर्ने कुराहरु, कन्ये च्याउखेती प्रबिधि, च्याउका परिवारहरु लगायतका विषयमा प्रयोगात्मक तथा सैद्धान्तिक हुने बैंकले जनाएको छ । बैंकले हरेक छ महिनामा यस्ता ब्यवसायिक तालिम प्रदान गरिने समेत जानकारी दिएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]