September 14th, 2017

सनराइज बैंकद्धारा शोधपत्रका लागि आर्थिक सहयोग 

सनराइज बैंक लिमिटेडलेले त्रिभूवन विश्वविद्यालयका एमबिएसमा अध्ययनरत छ जना शोधकर्ताहरुका लागि जनही ३० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागसँगसम्झौता गरी सनराइजले उक्त सहयोग उपलब्ध गराएको हो । उक्त सहयोग रकम बैंककोे तर्फबाट बैंकका नायव महाप्रबन्धकद्धय आशा राणा अधिकारी र रविन कुमार नेपाल ले त्रि वि वि को प्राङगणमा एक कार्यक्रम माझ शोधकर्ताहरुलाई प्रदान गरे ।

उक्त विद्यार्थीहरुको छनौट गरेर त्रि Þवि Þवि ब्यवस्थापन संकायको केन्द्रीय विभागले बैंकलाई सिफारिश गरेको थियो । सो शोधपत्रको विधि विश्वविद्यालयले तोकेबमोजिम हुने बताइएको छ । उक्त कार्यक्रममा त्रि वि वि को, केन्द्रीय व्यवस्थापन  विभागका प्रमुुख प्रा.डा.भोज राज अर्याल लगायत त्रि Þवि Þवि को अन्य उच्च पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]