Sunday , November 19 2017

आईएमईका सेवाग्राही पर्ब बहादुरले पाए ६ लाखको जीवन बीमा

September 13, 2017

यसपटकको दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘आईएमई छक्का–पञ्जा’अफर अन्तर्गत पहिलो १५ दिनको जीवन बीमा आईएमई सेवाग्राही पर्ब बहादुर राईले प्राप्त गरेका छन् । सफ्टवेयर पद्धतिमा आधारित छनौट कार्यक्रममा मलेशियास्थित रिया आईएमईबाट नेपालमा पैसा पठाउने राई भाग्यशाली विजेता छनौट भएका हुन् । भाग्यशाली विजेता राई वा नीजले सिफारिस गरेको व्यक्तिले आईएमई लाइफ इन्स्युरेन्सको छ लाख बराबरको जीवन बीमा प्राप्त गर्नेछन् । 

यही भाद्र १२ गतेदेखि संचालनमा ल्याईएको सेवाग्राहीमूखी प्रवद्र्धनात्मक कार्यक्रममा देश विदेशका लाखौँ सेवाग्राही सहभागी भई दैनिक ‘लक्की ड्र’मा ९०० सय जना आईएमई पे क्यास मार्फत् पुरस्कृत भइकेकका छन् । मङ्गसिर ३ गतेसम्म १२ हप्ता संचालन हुने कार्यकमअन्तर्गत आईएमईबाट पैसा पठाउने सेवाग्राहीमध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा सफ्टवेयर पद्धतिमा आधारित रही विजेता छानिने बताइएको छ ।


 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *