Sunday , November 19 2017

सहयोगी विकास बैंकका सेयरधनीलाई २४.५ प्रतिशत लाभांश

September 13, 2017

सहयोगी विकास बैंक लिमिटेडले आफ्ना सेयरभनीहरुलाई २४.५ प्रतिशत लाभांश दिने भएको छ । बैंकको बुधबार बसेको २४६औँ संचालक समितिको बैठकले गत आर्थिक वर्षको कमाईबाट २० प्रतिशत बोनस सेयर तथा ४.५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव अघि सारेको हो । बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले प्राप्त गर्न सक्नेछन् । 

२० प्रतिशत बोनसपछि बैंकको चुक्ता पूँजी ५० करोड ७७ लाख रुपैयाँ पुग्नेछ । गत आर्थिक बर्षमा बैंकले १३ करोड एक लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ३० रुपैयाँ ७७ पैसा कायम गरेको छ ।
 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *