Sunday , November 19 2017

सेयर बजारमा नौ अंकको गिरावट, ३९ वटा कम्पनीका सेयरधनीले कमाए

September 13, 2017

बुधबार सेयर बजार नौ अंकले घटेर १४९३.२० अंकमा कायम भएको छ । बैंकिङ, विकास बैंक, उत्पादनमूलक र अन्य समूह क्रमशः ११.२६, २४.०५, २२.६३ र ६.०८ अंकले घटेका छन् भने होटल, जलविद्युत्, फाइनान्स र बीमा समूह क्रमशः १०.७४, १२.४७, ९.७१ र ८.९१ अंकले बढेका छन् ।

दिनभरिमा १६० वटा कम्पनीको १२ लाख ७७ हजार पाँच सय ५४ कित्ता सेयर छ हजार तीन सय ६३ पटक खरिदविक्री हुँदा ६३ करोड ६९ लाख ८९ हजार ७१ रुपैयाँको कारोबार भएको छ । जसमध्ये, नेपाल इन्भेष्टमेन्ट बैंकको तीन करोड तथा जनता बैंक र नेपाल इन्स्योरेन्सको दुई करोडमाथिको कारोबार भएको छ भने कामना सेवा विकास बैंक, स्टान्डर्ड चार्टर्ड बैंक र एसियन लाइफ इन्स्योरेन्स प्रोमोटरको एक करोड ९० लाखमाथिको कारोबार भएको छ । प्राइम लाइफ इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स लगायतको पनि एक करोडमाथिको सेयर कारोबार भएको छ । 

जम्मा ३९ वटा कम्पनीका सेयरधनीले आफ्नो सम्पत्ति बढाएका छन् । सबैभन्दा धेरै एभरेष्ट बैंक(सीपी)का सेयरधनीले ५.८५ प्रतिशतका दरले कमाएका छन् । बरुण हाइड्रो, किसान माइक्रोफाइनान्स, नागरिक लगानी कोष, अरुण फाइनान्स, जनरल फाइनान्स, रिडी हाइड्रो, नेशनल हाइड्रो, सिद्धार्थ इन्स्योरेन्स, लक्ष्मी इक्विटी फण्ड लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको लक्ष्मी लघुवित्तका सेयरधनीले १० प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाउँदा कामना सेवा विकास बैंक र सिर्जना फाइनान्सका सेयरधनीले क्रमशः ९.३७ र ७.०६ प्रतिशतका दरले गुमाएका छन् । ग्रीन डेभलपमेन्ट बैंक, सहयोगी विकास बैंक, जेविल्स फाइनान्स, हिमालयन डिस्टीलरी, गुराँस लाइफ इन्स्योरेन्स, वोमी माइक्रोफाइनान्स, हाम्रो विकास बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् । 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *