September 13th, 2017

लक्ष्मी लघुवित्तले प्रस्ताव गर्यो २६.३२ प्रतिशत लाभांश

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले २६.३२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले गतबर्षको कमाईबाट उक्त परिमाणको लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको हो । 

लघुवित्तले १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनसहित १६.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । 

२२ करोड रुपैयाँ चुक्तापुँजी भएको लघुवित्तले गत आर्थिक वर्षमा छ करोड २४ लाख ४७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । बोनसपछि कम्पनीको चुक्तापुँजी २४ करोड २० लाख पुग्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]