September 13th, 2017

नयाँ डिजाइनमा आयो १० रुपैयाँको नोट

नेपाल राष्ट्र बैंकले १० रुपैयाँ दरको नोट नयाँ डिजाइनमा निकालेको छ । राष्ट्र बैंकले संकेत नं. ठ/४१०००००१ देखि ढ/१००९९९९९९ सम्मको नोट निष्काशन गरेको हो ।

नोटको अगाडि भागमा बायाँतिर सगरमाथाको चित्र हुने छ भने मध्य भागको पृष्ठभूमिमा गरुण नारायणको चित्र रहेको छ भने दायाँतिर लालीगुराँसको पानी छापका साथै तल्लो भागमा गभर्नर डा. चिरंजीबि नेपालको हस्ताक्षर रहेको छ । तल्लो भागको बायाँ र दायाँतिर संकेत नम्बर हुन्छ र तल्लो भागको वोर्डरमा नोटको सेरिज नम्बर नेपालीमा विं. सं. २०७३ लेखिएको छ ।
 
नोटको अर्को पट्टी माथिल्लो बीच भागमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको छ भने मध्य भागमा एउटा कृष्णसारको चित्र रहेको छ । मध्य भागको पृष्ठभूमि फिक्का हरियो रङको बनाइएको छ । साथै नोटको तल्लो भागमा अंग्रेजीमा रुपिज टेन लेखिएको छ भने नोटको तल्लो भागको बोर्डरमा सेरिज नम्बर अंग्रेजीमा २०१७ एडी लेखिएको छ ।

दशैँका लागि नयाँ नोट साट्नेहरुले नयाँ डिजाइनको १०को नोट पाउने बताइएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]