Sunday , November 19 2017

चैतेधान बीमामा आकर्षण

September 13, 2017

ममता थापा / सरकारले कृषिक्षेत्रमा बालीबीमा गर्न थालेपछि गत चैतबाट शुरू गरेको चैते धानबालीको बीमा भने प्रभावकारी भएको छ । ३५ ओटा जिल्लाका ६ हजार ९ सय हेक्टर क्षेत्रमा चैते धानबाली बीमा विस्तार गर्ने लक्ष्य लिएकोमा हालसम्म ३ हजार २ सय १७ दशमलव १ हेक्टर जमीनमा लगाइएको चैतेधानको बीमा भएको छ । उक्त बीमालेखबाट  ५ हजार ७ सय ९५ जना कृषक लाभान्वित भएका छन् ।

नेपाललाई धानबालीमा आत्मनिर्भर बनाउने उद्देश्यले सरकारले धानबालीमा अनुदान दिने नीति लिएपछि त्यस्तो अनुदान पाउन कृषकले चैते धानबालीको बीमा गरेका कारण प्रभावकारी हुन सकेको हो । यसमा सहभागी हुने कृषक सङ्ख्या अरू बीमामा भन्दा धेरै देखिएको बीमा समितिका कृषिबीमा शाखाका उपनिर्देशक कुन्दन सापकोटाले बताए ।

सरकारले पहिलोपटक ६ महीनामा उत्पादन हुने चैतेधान बालीबीमालाई देशव्यापी गर्ने भने पनि हाल ३५ ओटा जिल्लामा मात्र लागू गरिएको छ । ती जिल्लामध्ये खोटाङ, सिराहा, चितवन, महोत्तरी, प्युठान, सङ्खुवासभा, अर्घाखाँची, रूपन्देही, कपिलवस्तु, पर्सा, धनुषा र सर्लाहीमा भने सरकारले लिएको क्षेत्र विस्तारको लक्ष्यअनुसार चैतेधान बीमालेख जारी हुन सकेको छैन । तर, जारी बीमालेखमा सङ्ख्यात्मक रूपमा सबैभन्दा धेरै ५ सय ७६ जना किसान सो बीमालेखमा आकर्षित भएका छन् ।

यस्तै क्षेत्रगत रूपमा भने चैतेधान बालीबीमा झापाका ७ सय हेक्टर जमीनसम्ममा विस्तार गर्ने लक्ष्य लिइए पनि ३ सय ७१ दशमलव ७ हेक्टर जमीनमा लगाइएको चैतेधानको मात्र बीमा भएको थियो । बीमा गर्नेको सङ्ख्या ५ सय ४ जना जना रहेको बताइएको छ ।   
सापकोटाका अनुसार चैतेधान बालीबीमा नौलो खालको उत्पादनमा आधारित बीमालेख हो । अरू धानको बीमामा धान काटेपछि बीमाको अवधि सकिन्छ तर यसमा धान काटेपछि सुकाउन लाग्ने १ सातासम्म बीमालेख जारी गरिएको हुन्छ । उनका अनुसार सम्बन्धित जिल्लाको जिल्ला कृषि विकास कार्यालयले तोकेअनुसारको चैतेधान बाली कटान समयावधिपछि थप ७ दिनभित्र आँधीबेहरी, असिना, बाढी, डुबान, पहिरो, पानीका कारण खेत÷खलियानमा रहेको अवस्थामा क्षति भएमा समेत यस बीमालेखबाट भुक्तानी दिइन्छ ।

यस्तो बीमालेख बीमा कम्पनीहरूले जिल्ला कृषि विकास कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार गर्नुपर्छ । पहिलोपटक शुरू गरिएको चैतेधान बालीबीमाको दाबी बीमालेखको आधारमा न्यून मात्र पर्न आएको उपनिर्देशक सापकोटाले जानकारी दिए । उनका अनुसार आगलागी, चट्याङ, भूकम्प, बाढीरडुबानरखडेरी, पहिरोरभूस्खलन, आँधीबेहरी, असिना, हिउँ वा तुसारो, आकस्मिकरदुर्घटनाबाट हुने बाह्य कारण, कीरा तथा रोगबाट हुने हानिनोक्सानीलगायतलाई यो बीमाले समेटेको छ । यी कारणबाट चैतेधान बालीको बीमा अवधिभित्र हानिनोक्सानी भएमा उत्पादन मूल्यको आधारमा वास्तविक क्षतिको बीमा दाबीमा व्यवस्था भएअनुसारसम्म रकम बीमितलाई भुक्तानी गर्ने व्यवस्था छ ।

तर, चैतेधान बालीका लागि प्रयोग गरिने बीउको स्रोत नेपाल सरकारबाट स्वीकृतिप्राप्त सरकारी वा अर्धसरकारी निकाय वा निजीक्षेत्र, कृषक समूह, कृषि सहकारीको हुनुपर्छ । चैतेधान बालीका लागि लगाइने जात राष्ट्रिय बीउबिजन समितिबाट दर्ता भई नेपाल सरकारबाट क्षेत्रगत सिफारिश गरिएको जात हुनुपर्ने व्यवस्था छ । चैते धानमा बीमा गर्दा यसबाहेक बीमितले १५ ओटा शर्त पूरा गर्नुपर्ने हुन्छ र सरकारले भनेबमोजिम नभएको खण्डमा क्षतिपूर्ति पाइँदैन ।  

बीमाङ्क रकम
एक हेक्टरमा उब्जनी हुने परिमाण  ९मे।ट।०मा बाली विकास निर्देशनालयले उपलब्ध गराएको बालीको अघिल्लो वर्षको राष्ट्रिय औसत उत्पादकत्वलाई आधार मानिन्छ । साथै, कृषि व्यवसाय प्रवद्र्घन तथा बजार विकास निर्देशनालयले कृषि विकास मन्त्रालयलाई अघिल्लो वर्ष सिफारिश गरेको न्यूनतम मूल्यमा १० प्रतिशतसम्म थप गरी बीमाङ्क कायम गर्न सकिनेछ । बीमाशुल्क बीमाङ्क रकमको ५ प्रतिशत दरले लाग्नेछ ।

दाबी प्रक्रिया
यस बीमालेखले रक्षावरण गरेको जोखीमहरूका कारणबाट बीमितको चैतेधान बालीको उत्पादन हानि भएमा सोको १५ दिनभित्र वा सो अवधिभित्र सम्भव नभएमा सोको कारणसहित सम्भव हुनासाथ कागजातहरू बीमकसमक्ष पेश गर्नुपर्छ । बालीको क्षति भई दाबी परेको अवस्थामा उक्त चैतेधान बालीको अन्तिम कटान भै फरफारक हुन आउने परिमाणको ९० प्रतिशत मात्र दाबी भुक्तानी गरिने व्यवस्था छ । आर्थिक अभियान दैनिकमा प्रकाशित समचार


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *