September 12th, 2017

८० प्रतिशत हकप्रद जारी गर्दै ‘भार्गव विकास बैंक’, धितोपत्र बोर्डले दियो स्वीकृति

भार्गव विकास बैंक लिमिटेडले १० बराबर आठको अनुपातमा हकप्रद सेयर निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा २१ करोड १२ लाख रुपैयाँ बराबरको २१ लाख १२ हजार कित्ता हकप्रद निष्काशन गर्ने अनुमति पाएको हो । 

हाल भार्गव विकास बैंकको चुक्तापुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्काशन गरेपछि बैंकको चुक्तापुँजी ४७ करोड ५२ लाख रुपैयाँ पुग्नेछ । 

हकप्रद निष्काशनका लागि भार्गवले एनएमबि क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]