September 11th, 2017

पक्राउ परे अर्का एटिएम ह्याकर 

एटिएमबाट अवैध रुपमा रकम निकालेको आशंकामा एक विदेशी नागरिक पक्राउ परेका छन् । ठमेल तथा दरबारमार्ग क्षेत्रहरुका विभिन्न बैंकहरुका एटीएम बुथहरुबाट रकम भुक्तानी गर्ने गिरोहमा सक्रिय रहेको भन्दै आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले २३ वर्षका बुल्गेरियन नागरिकलाई काठमाडौँ ठमेल क्षेत्रमा पक्राउ गरेको हो । मिट्को स्तोनोभ मिथ्युभ नामका बुल्गेरियनलाई अबैध एटीएम कार्ड १२८ थान, नेपाली नगद चार लाख ४० हजार, अमेरिकी डलर २० तथा मोबाइल फोन १ थान, ल्यापटप १ थान र कार्डस्कीमर १ थान सहित पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जानकारी दिएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]