September 11th, 2017

सिधै वाणिज्य बैंकमा प्रवेश गर्ने अवसर : कुमारी बैंकले माग्यो फ्रेस कर्मचारी

कुमारी बैंक लिमिटेडले मेनेजमेन्ट ट्रेनी र जुनियर एसिस्टेन्ट पदमा फ्रेस कर्मचारी माग गरेको छ । मेनेजमेन्ट ट्रेनीका लागि पहिलो श्रेणीमा स्नातकोत्तर उतीर्ण गरेको र उमेर ३० ननाघेको तथा जुनियर एसिस्टेन्टका लागि कम्तीमा दोस्रो श्रेणीमा प्लस दुई उतीर्ण गरेको र उमेर २५ वर्ष ननाघेको कर्मचारी माग गरिएको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले २५ सेप्टेम्बरभित्रमा आवेदन दिइसक्नुपर्नेछ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]