Sunday , November 19 2017

बाढीपीडितका लागि टुरिजम डेभलपमेन्ट बैंकको नगद सहयोग

September 10, 2017

हालै मात्र नेपालको तराई मधेश क्षेत्रमा भएको अविरल बर्षाबाट आएको बाढी तथा डुबानबाट पिडितहरुको सहयोगार्थ टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले १२ लाख रुपैयाँ प्रदान गरेको छ । बैंक र बैंकका कर्मचारीको तर्फबाट गरी उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा प्रदान गरेको बैंकले जनाएको छ । उक्त रकम बराबरको चेक बैंकका अध्यक्ष प्रा. डा. पुष्पराज कंडेल, संचालकहरु दिपक महत, ठाकूर प्रसाद भट्टराई तथा प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल सम्मिलित टोलीले प्रधानमन्त्री शेर बहादुर देउवालाई हस्तान्तरण गरेको हो । 

टुरिजम डेभलपमेन्ट बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । साथमा राष्ट्रिय विपत्ति तथा सामाजिक कल्याणका क्षेत्रमा आफ्नो क्षमता अनुसार सहयोग पनि गर्दै आएको छ । यो सहयोगले थोरै भएपनि पिडित परिवारहरुलाई राहत पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले भविष्यमा पनि निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *