September 7th, 2017

लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर लिलामी भदौ २८ गतेदेखि

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारण तर्फको ४२ हजार आठ सय १५ कित्ता हकप्रद सेयर लिलामीमा निकाल्ने भएको छ । कम्पनीको सेयर बोलकबोलमार्फत खरिद गर्न इच्छुक लगानीकर्ताले भदौ २८ देखि असोज ६ गतेसम्म आवेदन दिन सक्नेछन् । सेयरमा न्यूनतम १०० कित्ताका लागि कम्तीमा प्रतिकित्ता १०० रुपैयाँ अंकित गरी आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिबिआईएल क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले असार ३० देखि भदौ १ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । कम्पनीको हाल ३९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]