September 5th, 2017

एनआईसी एसिया बैंकले सुरु गर्यो सेयर धितो कर्जा, १० करोडसम्म पाइने

एनआईसी एसिया बैंक लिमिटेडले पुनः सेयर धितो कर्जा सुरु गरेको छ । सरल कर्जा प्रक्रिया, न्यूनतम कागजी आवश्यकता तथा २ कार्यदिनमै कर्जा प्रवाह गर्ने व्यवस्था सहित बैंकले सोयर धितो कर्जा पुनः शुरु गरेको हो । बैंकको सम्पूर्ण १२० शाखाहरुबाट यो कर्जा उपलब्ध हुने बताइएको छ ।  यस कर्जा अन्तर्गत गाहकहरुले आफूसँग रहेको सेयर धितोमा राखी न्यूनतम रु २५ लाखदेखि अधिकतम रु १० करोडसम्म कर्जा उपभोग गर्न सक्ने छन् । नेपाल स्टक एक्सचेन्जमा सूचिकृत साधारण तथा संस्थापक सेयर धितो राखी सोयर धितो कर्जा उपलब्ध गराईने बैंकले जनाएको छ ।


 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]