September 1st, 2017

डिशहोमको “खुसी अन गरौं” योजना, ग्राहकलाई तीन हजारको छुट

नेपालको एक मात्र स्याटेलाइट प्रविधिमा आधारित DTH सेवा प्रदायक डिशहोमले नेपालीहरुको महान चाड बडादशैं तथा तिहारलाई खुसीमय बनाउनको लागि उपभोक्ताहरु माझ “खुसी अन गरौं” नामक योजना ल्याएको छ । यस योजना अन्र्तगत ग्राहकहरुले रु. ५९९९ पर्ने डिशहोमको Hybrid HD कनेक्सन खरिद गर्दा रु. ३००० छुट प्राप्त गरी रु. २९९९ मै जोड्न सक्नेछन् । डिशहोमले हाल बजारमा बिक्री गरिरहेको Hybrid HD Set-Top Box मा  भारी छुट प्रदान गरेको हो ।

डिशहोमले हरेक वर्ष दशैं र तिहारमा ग्राहकलाई आकर्षक ग्राहक योजना प्रदान गर्दै आएकोमा यो वर्ष पनि उपभोक्ताहरुलाई डिशहोमको Hybrid HD कनेक्सनको खरिदमा रु. ३००० छुट प्रदान गर्न लागेको यस कम्पनीका महाप्रवन्धक कल्याण अधिकारीले जानकारी गराए । “हामी ग्राहकहरुलाई सर्वसुलभ मूल्यमा डिशहोम जडान गर्न पे्ररित गर्न चाहान्छौँ । हामी नेपालकै सबैभन्दा बढी एचडि च्यानलहरु भएको र बिक्रीपछिको गुणस्तरीय सेवा नेपालभर पुर्याउन सक्षम कम्पनी हौँ” उनले भने, “सर्वसुलभ मूल्यमा यति गुणस्तरीय डिजिटल सेवा पाउँदा ग्राहकहरु निकै उत्साहित हुनुहुन्छ । नेपाल सरकारले आउँदो कार्तिक १५ देखि नेपालभर सम्पूर्ण नगरपालिकाहरुमा डिजिटल टेलिभिजन सेवा अनिवार्य गर्न लागेकोले पनि अहिले डिशहोमको गुणस्तरीय डिजिटल सेवा जडान गर्न उपयुक्त समय हो ।”

स्याटेलाइट प्रविधिमा आधारित नेपालको एक मात्र DTH सेवा प्रदायक डिशहोमले नेपालमा रहेका ग्राहकहरुमाझ गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ । शहर बजारदेखि ग्रामिण भेगमा बस्ने नेपालीलाई आफ्नो रोजाई अनुसारको HD तथा SD प्याकेजहरु प्रदान गर्ने यो कम्पनी नेपालको भौगोलिक बनावटमा उपयुक्त रहेको हुनाले जुनसुकै ठाउँमा पनि सहजै जडान गर्न सकिन्छ । डिशहोमको सेवा सिधै स्याटेलाइटमा आवद्ध हुने प्रविधि भएको हुँदा यसको ध्वनी र दृश्य दुबै गुणस्तरीय हुन्छन् । 

डिशहोमले सम्पूर्ण नेपाली च्यानलका साथमा अति लोकप्रिय विदेशी च्यानलहरु प्रसारण गर्दै आएको छ । यसका साथै डिशहोमले दिने सेवामा हरेक दिन नयाँ नयाँ नेपाली सिनेमा प्रशारण हुने “प्लस मूभि” च्यानल, रिलिज भएकै दिन सिनेमा हेर्न सकिने “डिशहोम सिनेमाघर” नामको Movie on Demand सेवा, नेपालकै पहिलो स्पोर्टस् च्यानल “एक्सन स्पोर्टस्”, टेलिश्रृंखला तथा मनोरञ्जनात्मक कार्यक्रमहरु प्रशारण हुने “रमाईलो टिभि” च्यानल, सांगितिक सामाग्रीहरु प्रशारण हुने “ओरेञ्ज म्यूजिक” च्यानल तथा विद्यार्थीहरुका लागि भ्मगअबतष्यल च्यानल लगायत अन्य थुप्रै आफ्नै च्यानलहरु समेत रहेका छन् ।                                                                  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]