August 30th, 2017

बीमा नगर्दा बाढीपीडित होटल मारमा

बाढीबाट हुने क्षतिको बीमा नहुँदा पर्यटकीय नगरी सौराहाका होटल व्यवसायी मारमा परेका छन् । बैङ्कबाट ऋण लिने क्रममा भूकम्प र आगलागीको बैङ्कले नै अनिवार्य बीमा गर्न लगाउने भए पनि बाढीबाट हुने क्षतिको बीमा नगर्दा व्यवसायी मारमा परेका हुन् ।

साउन अन्तिम साता राप्ती र बूढी राप्तीमा बाढी आएपछि सौराहाका सबै होटल डुबानमा परेका थिए । राप्ती किनारका पाँचओटा रेष्टुराँ बगाएर पूरै क्षति भएको छ भने अन्य होटलमा आंशिक क्षति पुगेको छ ।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार बाढीका कारण रू. १५ करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । तर, ९० प्रतिशत होटलले बाढीबाट हुने क्षतिको बीमा नगरेको उनले बताए । क्षति भएका अधिकांश होटलको बैङ्कमा ऋण रहेको छ । घिमिरेका अनुसार सौराहाका होटलको मात्रै रू. १२ अर्बभन्दा बढी ऋण रहेको छ । यसअघि पनि पटकपटक बाढीले करोडौंको क्षति पु¥याएको सौराहामा बैङ्कले ऋण दिँदा बाढीको समेट्ने गरी बीमा गर्न नलगाएको पाइएको छ । रासस
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]