August 22nd, 2017

सहकारी र फाइनान्स एउटै होइन, सहकारीलाई ‘फाइनान्स’ नभन्नुस्

बैंकिङ खबर / मानिसहरुमा फाइनान्स कम्पनी र सहकारी संस्था एउटै हुन् भन्ने भ्रम रहेको छ । कतिपय सहकारीका कर्मचारीहरुले आफूहरु फाइनान्समा काम गर्ने भन्ने गरेको सुनिन्छ । यद्यपि, सहकारी संस्था र फाइनान्स कम्पनीहरु एउटै हैनन् । यीनीहरुको काम, कर्तव्य, अधिकार, उद्देश्य, नियामक निकाय लगायत धेरै पक्षहरु एकअर्कासँग फरक छन् । 

सहकारी के हो ? 
सह–कार्य अर्थात सहकारीताले  आपसमा मिलेर काम गरौं भन्ने भावना जगाउँछ । ’एकका लागि सबै र सबैका लागि एक’ भन्ने सिद्धान्तबाट प्रेरित भइ व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक हित तथा सामाजिक समून्नतिको लागि गरिने एकतबाद्ध प्रयास नै सहकारी हो । समाजशास्त्रीको नजरमा सहकारिता सामाजिक उत्पिडनबाट मुक्ति प्राप्त गर्ने साधन हो भने प्राविधिक रुपमा यसलाई एउटा व्याबसायिक कौशलको रुपमा लिइएको छ । सहकारीको माध्यमबाट आर्थिक असमानतालाई हर्टाई आत्मनिर्भरता प्राप्त गर्न सकिन्छ । थोपा थोपा मिलेर समुन्द्र बन्छ भनेझैं सहकारीको माध्यमबाट समान उद्देश्य भएका व्यक्तिहरुको संगठित समूह गठन गरी थोरै(थोरै बचत संकलन बाट बृहत कोष खडा गरी समूह भित्रकै सदस्यहरुलाई सहुलियत व्याजदरमा कर्जा प्रदान गरी उद्यमी बन्न तथा व्यक्तिलाई आइपर्ने साना ठूला गर्जो र्टार्न सहकारी राम्रो माध्यम बनेको छ । यसै तथ्यलाई आत्मसाथ गरी नेपाल सरकारले अर्थतन्त्रका तिन खम्बे नीति अर्न्तर्गत सहकारीलाई प्रमूख एक खम्बा मानी यसको महत्वलाई पुष्टि गरेको छ ।

सहकारी एउटा यस्तो व्यवसाय हो जहाँ संयुक्त रुपमा सदस्यहरुद्वारा आर्थिक लगानी गरी सोमा व्यवसायवाट प्राप्त मुनाफा नियामनुसार वितरण गरिन्छ । एउटा अविच्छिन्न उत्तराधिकारीवाला, स्वायत्त, स्वतन्त्र र उद्यमशिल व्यवसायीक संगठन नै सहकारी हो । सहकारी एउटा यस्तो उद्यम पनि हो जसले सदस्यलाई सेवा प्रदान गदर्छ । सहकारी समुदायमा बसोवास गर्ने मानिसहरुको अभियान हो । यो पूँजीवाद र शोषणबाट मुक्तिका लागि आम जनताको संयुक्त प्रयास हो, जुन एकका लागि नभएर सबैका लागि हुने गर्दछ । हरेक नागरिकले यसको सदस्य बनेर योगदान गर्न एवं वितरीत सेवा ग्रहण गर्न सक्दछन् । यो समुदायमा आधारीत, सदस्य केन्द्रित र सहकारीको मूल्य, मान्यता, सिद्धान्त र मर्म अनुरुप संचालन हुनुपर्छ । समुदायमा छरिएर रहेका स्थानीय स्रोत, साधन र पूँजीहरुलाई एकत्रित गरी व्यवस्थापन गर्ने कार्यकुशलता वा क्षमता अभिवृद्धि गरी सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिक विकास गर्ने सवल संस्थागत माध्यम नै सहकारी हो । अन्तराष्ट्रिय सहकारी महासंघले सहकारीलाई व्यक्तिहरुको स्वच्छिक सहभागीताबाट उनीहरुको समान आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकता तथा आकांक्षा परिपूर्तिका निमित्त सामुहिक स्वामित्व र प्रजातान्त्रीक ढंगबाट नियमित स्वायत्त उद्यमको रुपमा परिभाषित गरेको छ ।

नेपालको राज्य व्यवस्थाले ०१० साल देखि अपनाएको सहकारी अवधारणा हालसम्म ३३ वटा डिभिजन कार्यालयका ६८ वटा जिल्लामा काम गरिरहेका बेला देशभर सहकारी संस्थाको संख्या बढ्दो अवस्थामा छ । देशभरि रहेका ३३ हजार २ सय १ प्रारम्भीक सहकारी, ३ सय ३४ सहकारी संघ, २० वटा विषयगत संघ र केन्द्रिय तथा राष्ट्रिय सहकारी संघ गरी जम्मा ३४ हजार ६ सय २४ सहकारी दर्ता भएको अवस्था छ । पछिल्ला बर्ष हाल नेपालमा सहकारीमार्फत ५२ लाख शेयर सदस्यहरुको बचत २ सय ८ अर्ब रुपैयाँ, अनुदानदेखि सहयोगसम्मको सम्पुर्ण सहकारीमा लगानी रकम १ सय ८५ अर्ब रुपैयाँ, सेयर सदस्यहरुको विभिन्न किसिमको सेयर रकम ६४ अर्ब रुपैयाँ र ८८ अर्ब रुपैयाँ निपेक्ष रकम रहेको तथ्यांक छ । त्यस्तै, सहकारी संस्थामा ६० हजार भन्दा बढिले रोजगारी पाइरहेका छन् ।

सहकारी संस्थाहहरुको नियमन
सहकारी संस्थाहरुको नियमन सहकारी विभागबाट हुँदै आइरहेको छ । पछिल्लो समय भने ठूलो कारोबार गर्ने सहकारीहरुको नियमन राष्ट्र बैंकले गर्ने कुराहरु उठिरहेको छ । यद्यपि, हालसम्म कार्यान्वयनमा भने आइसकेको छैन । विशेषतः ग्रामीण भेगका मानिसहरुलाई समुहमा आवद्ध गराएर रकम संकलित गरी आवश्यक पर्दा सहुलियतमा ऋण लिन सकिने गरी सहकारी संस्थाहरु स्थापना गरिएका हुन्छन् । गाउँगाउँमा सहकारी घरघरमा भकारी भन्ने नाराका साथ हरेक गाउँमा सहकारीहरुको स्थापना गरी बैंकहरु नपुगेको स्थानमा पनि व्यवस्थित रुपमा वित्तीय कारोबार गर्न यस्ता सहकारी संस्थाहरु सहयोगी बनिरहेका छन् । 

सहकारीभन्दा फरक छ फाइनान्स कम्पनी
फाइनान्स कम्पनीहरु सहकारी संस्थाहरुभन्दा बिल्कुलै फरक वित्तीय संस्थाहरु हुन् । राष्ट्र बैंकको अनुमति प्राप्त ग वर्गका वित्तीय संस्थाहरु फाइनान्स कम्पनी हुन् । ग वर्गका बैंकहरुलाई राष्ट्र बैंकले निम्न काम, कर्तव्य र अधिकारहरु दिएको छ :


राष्ट्र बैंकले तोकेको सीमाभित्र रही ब्याज वा बिना ब्याजमा निक्षेप स्वीकार गर्ने तथा त्यस्तो निक्षेपको भुत्तानी दिने ।
हाइपोथिकेशन कर्जा बाहेक अन्य कर्जा दिने ।
मर्चेन्ट बैंकिङ कारोबार गर्ने ।
अन्य इजाजतपत्र प्राप्त सस्थासंग मिली सहबित्तियकरणको आधारमा धितो बिभाजन गर्ने गरी आपसमा भएको सम्झौता अनुसार संयुत्त रुपमा कजाृ दिने दिलाउने ब्यबस्था गर्ने ।
बैंक वा बित्तिय संस्थाको जमानतमा कर्जा दिने ।
आफ्नो चल अचल जायजेथा धितो राखी कर्जा लिने ।
आफुकहाँ पहिले नै धितो रहिसकेको चल अचल सम्पतिको मूल्यले खामेसम्मको रकम पुन एकैपटक वा पटक पटक गरी कर्जा दिने वा अन्य इजाजतपत्र प्राप्त संस्थामा धितोमा रहिसकेको चल अचल सम्पतिको पुन धितोमा त्यसको मुल्यले खामेसम्मको रकम पुन एकैपटक वा पटक पटक गरी कर्जा दिने ।
आफ्नो जायजेथाको उचित प्रबन्ध गर्ने , बिक्री गर्ने वा बहालमा दिने ।
प्रतितपत्र, बिनिमयपत्र, प्रतिज्ञापत्र, चेक, यात्रुचेक, ड्राफ्ट वा अन्य बित्तीय उपकरण निष्काशन गर्ने, स्वीकार गर्ने, भुत्तानी दिने, डिस्काउण्ट गर्ने वा खरीद बिक्री गर्ने ।
भारतीय रुपैया खरीद बिक्री गर्ने ।
विपन्न वर्ग, न्युन आय भएका परिवार, दैवी प्रकोप पीडित तथा मुलुकको कुनै क्षेत्रका बासिन्दाको आर्थिक उत्थानको लागी ब्यत्तिगत वा सामुहिक जमानीमा राष्ट्र बैंकले तोकेबमोजिमको रकमसम्म कर्जा दिने ।
आफु तथा अन्य इजाजतपत्र प्राप्त संस्थाबाट कर्जा लिने ऋणी वा ग्राहकको विवरण, सुचना वा जानकारी राष्ट्र बैंक वा अन्य कुनै इजाजतपत्र प्राप्त संस्थावीच लिनेदिने ।
कुनै व्यत्ति वा संस्थालाइ कर्जा दिदा वा निजसंग कुनै कारोबार गर्दा आफ्नो हितको संरक्षणका लागी आबश्यक शर्त गराउने ।
कुनैपनि ब्यत्ति फर्म कम्पनी वा संस्थालाइ सवारी साधन मेशिन औजार उपकरण घरायसी टिकाउ समान वा त्यस्तै अन्य चल सम्पतिको लागी किस्तावन्दी वा हायर पर्चेज कर्जा उपलब्ध गराउने ।
जग्गा बिकास
ग्राहकको निमित्त कमिशन एजेण्ट भइ शेयर, डिबेन्चर वा सुरक्षणको जिम्मा लिने, खरीदबिक्री गरिदिने,
सेयरको लाभांश, डिबेन्चर वा सुरक्षणको ब्याज उठाइ दिने र सो को लाभांश, मुनाफा वा ब्याज उठाइ दिने ।
आफ्नो ग्राहकको तर्फबाट जमानतपत्र जारी गर्ने र सो बापत ग्राहकसंग आबश्यक शर्त गराउने, सुरक्षण लिने, निजको चल अचल सम्पति धितो बन्धक लिने वा तेश्रो ब्यत्तिको जेथा जमानत लिने ।
राष्ट्र बैंकले तोकेको अन्य कार्य गर्ने ।

 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]