August 20th, 2017

बैंकिङ कसुरमा २० अर्ब विगो दाबी 

केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले बैंकिङ कसुरमा २० अर्ब रुपैयाँ विगो माग गर्दै मुद्धा दायर गरेको छ । सिआइबीले बैंकिङ कसुरमा १९ अर्ब ४३ करोड ५० लाख  ३८ हजार नौ सय ५३ रुपैंया बराबरको विगो दाबी गरेको छ । सीआइबीले साउन १२ सम्म ३७ वटा बैंक तथा वित्तिय संस्थाहरु विरुद्ध बैंकिङ कसुरको मुद्धा दायर गरेको छ । बैंकिङ कसुरमा १ सय ३० जना पक्राउ परेका छन् । ३७ बैंकहरुमध्ये २० वटा बैंक तथा वित्तीय संस्थाहरुको फैसला भइसकेको सीआइबीले जनाएको छ । 

सिआइबीको तथ्यांकअनुसार गोरखा डेपलपमेन्ट बैंकका ३ जनालाई प्रकाउ गरी ८६ करोड ७३ लाख १६ हजार ८ सय ७८ रुपैंया बराबरको विगो माग गरिएको थियो । त्यसैगरी नेपाल सयर मार्केट एण्ड फाइनान्स लिमिटेडका कसुर गर्ने ३ जनालाई पक्राउ गरी ५ अर्व ७९ करोड २ लाख ४४ हजार ३ सय ३५ रुपैंया बराबरको विगो माग दाबी गरिएको छ । त्यस्तै क्यापिटल मर्चेन्ट एण्ड फाइनान्स कम्पनीको पनि ७ अर्व ७३ करोड ५७ लाख ४५ हजार ७ सय ५ रुपंैया बराबरको रकम दाबी गरिएको छ भने सो कम्पनीका ८ जना पक्राउ गरिएको सिआइबीले जनाएको छ । त्यस्तै जनरल फाइनान्स कम्पनीको पनि १३ करोड ९९ लाख ४५ हजार ८ सय ८८ रुपैंया बराबरको विगो दाबी गरिएको छ । यस कम्पनीका २ जनालाई पक्राउ गरी कारवाही चलाएको सिआइबीले जनाएको छ । त्यस्तै नेपाल विकास बैंकका १ जनालाई पक्राउ गरी ३६ करोड ५ लाख ७० हजार २ सय ७३ रुपैंया विगो दाबी गरेको छ । सिआइबीका अनुसार सम्झना फाइनान्स कम्पनीका कसुर गर्ने २ जना पक्राउ गरी कारावाही चलाइएको छ । यस कम्पनीलाई ६ करोड २८ लाख ९२ हजार ९  सय ५९ रुपंैया बराबरको विगो दाबी गरिएको छ । त्यस्तै प्रोग्रसिप फाइनान्स कम्पनीका १ जनालाई पक्राउ गरी ७ करोड ६९ लाख १३ हजार विगो दाबी गरी मुद्धा दायर भएको छ । त्यसैगरी युनाईटेड विकास बैंकले ९ करोड २४ लाख २८ हजार २ सय ६ रुपैंया बराबरको घोटाला गरेको थियो । यस कम्पनीका २ जनालाई पक्राउ गरी कारवाही चलाएको सिआइबीले जनाएको छ । 

त्यसैगरी क्रिष्टल फाइनान्स, श्रीलंका मर्चेन्ट एण्ड फाइनान्स कम्पनी, एच एण्ड बी फाइनान्स कम्पनी, हिमालय फाइनान्स कम्पनी, बैभव फाइनान्स कम्पनी लगायतका बैंक तथा वित्तीय संस्थाहरु उपर सिआइबीले बैंकिङ कसुर अन्र्तगत मुद्धा चलाएको छ । त्यस्तै सिआईबीका अनुसार सिद्धार्थ डेभलपमेन्ट बैंक, तत्कालिन किष्ट बैंक, एनआइडिसी क्यापिटल मार्केट्स, एनबी बैंक, सिभिल बैंक, बुटवल फाइनान्स, पिपल्स फाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, कृषि विकास बैंक (स्वयम्भु शाखा) एभरेष्ट बैंक लगायतका बैंक तथा वित्तीय संस्थाहरुले बैंकिङ कसुर गरेको सिआइबीले जनाएको छ । 

त्यस्तै बैंकिङ कसुर गरी कारवाहीमा पर्ने बैंक तथा वित्तीय संस्थाहरुमा ग्लोबल आइएमई बैंक, प्रुडेन्सियल फाइनान्स कम्पनी, कुबेर मर्चेन्ट फाइनान्स कम्पनी तथा मन्जुश्री फानान्सियल ईन्सिस्टनल कम्पनी रहेका छन् । त्यस्तै सिभिल बैंक, हिमालय तत्कालिन इम्पेरीयल फाइनान्स कम्पनी तथा पश्चिमाञ्चल फाइनान्स कम्पनी लगायतका बैंक तथा वित्तीय संस्थाहरुलाई कारवाही गरेको सिआइबीले जनाएको छ  ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]