August 20th, 2017

एकैदिन हिमालयन बैंकका पाँच शाखा विस्तार

हिमालयन बैंक लिमिटेडले देशका विभिन्न पाँच स्थानमा गत साउन २७ गतेदेखि आफ्ना नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले लम्की (कैलाली), लमही (दाङ्ग), श्रीनगर (सल्यान), बर्दिवास (महोत्तरी) तथा हिले (धनकुटा)मा आफ्ना नयाँ शाखाहरुबाट कारोबार सुरु गरेको हो । नयाँ शाखाहरु सञ्चालनमा आएपश्चात बैंकको कूल शाखा संख्या ४७ पुगेको छ ।


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]