August 20th, 2017

हेटौँडामा एकदिने आधारभुत सेयर तालिम सम्पन्न.

सेयर बजारमा राजधानी बाहिरका लगानीकर्ताको सक्रियता बढाउने उद्धेश्यले हेटौँडामा आयोजित एकदिने आधारभुत सेयर तालिम सफलताका साथ सम्पन्न भएको छ । हेटौँडाको इतिहासमा पहिलो पटक क्यापिटल प्लसले आयोजना गरेको एकदिने सेयर तालिममा हेटौँडाका साथै बीरगंजबाट समेत लगानीकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो । क्यापिटल प्लसका अध्यक्ष कमल पौडेलको अध्यक्षता सम्पन्न सो कार्यक्रमको प्रमुख अथिति हेटौँडा उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने रहेका थिए ।

न्यासनल मर्चेन्ट बैंकका ट्रेनिङ एण्ड डेभलपमेन्ट शाखा प्रमुख सन्तोष राज बजगाईँ तथा सोही मर्चेन्ट बैंकका रिसर्च शाखा प्रमुख विनोद आलेले कार्यक्रममा प्रशिक्षकको रुपमा कार्यक्रम संचालन गरेका कार्यक्रममा निकट भबिष्यमा संचालनको तयारीमा रहेको युनियन लाइफ इन्स्योरेन्सका छेत्रीय प्रबन्धक महन्त कुशवाहाले नेपालको सेयर बजारको बारेमा आफ्नो विचार राखेका थिए ।

सेयर कारोबारका लागि आवश्यक आधारभुत ज्ञान प्रदान गर्ने उदेश्यले तालिम आयोजना गरिएको आयोजक संस्था क्यापिटल प्लसका संचालकहरुले बताएका छन् । एक दिने आधारभुत सेयर तालिममा एक सय २८ जनाको सहभागिता रहेको थियो ।

क्यापिटल प्लस बिशेष गरी राजधानी बाहिरका लगानीकर्ताको हक, हित र लगानीकर्ता शिक्षा मा समर्पित रहेको संस्था हो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]