Sunday , November 19 2017

बैँकिङ रोग यसरी पहिल्याउँदै छन् चिनियाँहरु

August 19, 2017

 ] चिनियाँ नीति निर्माताहरूले आफ्नो मुलुकको रोग के हो भन्ने विषयलाई सम्बोधन गर्ने प्रयास गरेसँगै उनीहरूले २ वटा लक्ष्य लिएका छन्, जुन निश्चित रूपमा अमिल्दो हुने भएको छ । समस्याग्रस्त बैंकहरूलाई र थलिएको अर्थतन्त्रलाई तरलता उपलब्ध गराउँदा एउटा विस्तारित अवधिमा केन्द्रीय बैंकहरू स्थिर विनिमय दर कायम गर्न असक्षम हुदै आएका छन् । वास्तवमै मौद्रिक अभावले स्वदेशी बैंकहरू र वास्तविक अर्थतन्त्रमा मुद्रामाथिको गतिविधि तीव्र पार्ने आवश्यकता पर्ने भएसँगै यो काम कठिन हुन आउँछ ।

चिनियाँ अर्थतन्त्रको भविष्यका बारेमा खेस्रा मूल्यांकन गर्नेहरूका लागि सन् १९९७ मा थाइल्यान्डमा के भएको थियो भनेर फर्केर हेर्ने काम बुद्धिमानी हुन आउँछ । उक्त समयमा थाइल्यान्डको मुद्रा भाट धराशायी भएपछि यो एसियाली वित्तीय संकटको कारण बनेको थियो । अवश्य पनि सन् २०१६ मा चीनको अवस्था १९९७ मा थाइल्यान्डको अवस्थाको दाँजोमा धेरै कुराबाट फरक देखिँदै आएको छ । तर, चालू अवस्थाको पुँजी पलायनप्रति उनीहरूले देखाएको प्रमुख जिम्मेवारीमा धेरै कुराको समानता छ ।

लामो समयको कर्जाको वृद्धिपछि वाणिज्य बैंकहरूले व्यापक मात्रामा बढेको खराब कर्जाको सामना गर्दै आएका छन् । स्वाभाविक किसिमको मौद्रिक नीति प्रतिक्रियाले तरलता बढाउने, ब्याजदर कम गर्ने र कतिपय अवस्थामा केन्द्रीय बैंकबाट कर्जाको स्वरूपमा प्रत्यक्ष सहयोग उपलब्ध गराउने गर्छ । उदाहरणका लागि २००८ को वित्तीय संकटपछि विकसित अर्थतन्त्र भएका मुलुकमा ठ्याक्कै यसो गरियो ।

मुद्रा र अर्थतन्त्रमा विश्वासको अवस्था धरमराएको, विदेशी लगानीकर्ताले देशबाट धमाधम आफ्नो पैसा बाहिर लान थालेको र स्थानीय बासिन्दाले पनि त्यस्तै अभ्यास गर्न थालेको समयमा विनिमय दरलाई सहयोग गर्नका लागि व्याज दर कम गर्नु र मौद्रिक अवस्थालाई खुकुलो पार्नुलाई उत्तम कदम मान्न सकिन्नँ । जब अर्थतन्त्रमा हलचल सुरु हुन्छ, यसका लागि आवश्यक पर्ने आन्तरिक कदम उठाउनलाई रोक्न अत्यन्त कठिन हुने केन्द्रीय बैंकहरूले पाउने गरेको इतिहासले देखाएको छ । जब उत्पन्न भएको व्यवस्थित बैंकिङ समस्याले कर्जादातालाई अन्तिम दातका रूपमा सहयोगका लागि आह्वान गर्छ, त्यस्तो अवस्थमा यो विशेषगरी साँचो हुने गर्छ । हाम्रो शैक्षिक कार्यमा जर्ज वासिङ्टन युनिभर्सिटीका ग्रासिला कामिन्सकी र मैले वित्तीय बजार कसरी उदार भएको छ र विश्वव्यापी रूपमा एकिकृत भएको छ, बैंकिङ क्षेत्रको समस्याले मुद्रा धराशायी भएको अवस्थालाई कसरी मिलाएका छन् भन्ने कुरा प्रस्तुत गरेका छौं ।

यसमा निश्चित हुनका लागि पुँजी नियन्त्रणले केही समय किन्न सक्छ भन्ने जान्नुपर्छ । तर, यो उनीहरूको ढाँचामा कत्तिको निर्भर छ, कत्तिको उत्साहपूर्वक यसलाई ल्याइएको छ र अन्य संस्थाहरूको व्यवस्थापनजस्ता विषयम निर्भर रहन्छ । थाइल्यान्डले १९९७ मा पुँजीको बाह्य प्रवाहलाई नियन्त्रण सञ्चालनमा ल्याएको थियो र चीनले यो वर्षको सुरुमा आफ्नो नियन्त्रणलाई कडा पार्यो । यसैगरी सञ्चितिको ठूलो सुरक्षा कवचले पनि केही समयका लागि संकटलाई रोकेर राख्न सहयोग गर्नेछ ।

तर प्रवृत्तिलाई उल्टाएसँगै खरिदको समय समान भएको छैन । वास्तवमै पिपुल्स बैंक अफ चाइनाको विदेशी विनिमयको सञ्चिति २०१४ को मध्यमा उचाइमा पुगेको थियो । त्यसयता यसमा २० प्रतिशतले गिरावट आइसकेको छ । २००३ देखि २०१२ सम्मको अवधिमा चीनलगायत कतिपय केन्द्रीय बैंकहरूले ठूलो परिमाणको पुँजी बाह्य प्रवाह रोक्ने अभ्यास गरे । आफ्नो मुद्राको अधिमूल्यन रोक्नका लागि उनीहरूले डलर खरिद गरे । उनीहरूले विदेशी विनिमयको सञ्चितिबाट आउने विस्तारित प्रभावलाई पनि कम गरे । यसका लागि उनीहरूले वाणिज्य बैंकको सञ्चितिको मापदण्डलाई बढाउने निर्णय समेत गरेका थिए । यो नीतिको परिणामस्वरूप मुद्रा वृद्धिको दाँजोमा चीनको विदेशी विनिमयको सञ्चितिको अनुपात २००३ देखि २००८ सम्मको अवधिमा झन्डै दोब्बर भयो ।

यद्यपि, २००८ देखि धेरैजसो चिनियाँ प्रोत्साहन नीतिहरू विश्वव्यापी वित्तीय संकटलाई आधार मनेर आउन थाल्यो । यसमा विस्तारित मौद्रिक र कर्जा नीतिहरू रहेका छन् । परिणामस्वरूप २००८ देखि २०१४ सम्मको अवधिमा विदेशी विनिमयको सञ्चितिको तुलनामा मुद्राको वृद्धि बढी भयो । सन् २०१४ देखि अन्तर्रा्िष्ट्रय सञ्चिति घटे पनि मौद्रिक विस्तार कायम रह्यो । यदि कसैले सञ्चितिबाट पैसाको अनुपातलाई हेर्छ भने सञ्चितिको तथ्यांकलाई मात्रै आधार मानेर गरिएको सुझावको दाँजोमा यसले ल्याएको विपरीत प्रभाव थप बलियो भएको छ । वास्तवमै यसको अनुपात २००३ को तहमा झरेको छ । अन्तर्रा्िष्ट्रय मापदण्डभन्दा न्यून नै भए पनि अमेरिकी डलर अंकित चिनियाँ कर्पोरेट ऋण पछिल्ला वर्षहरूमा उल्लेख्य रूपमा वृद्धि भएको छ । चीनले हाल ३।२ ट्रिलियन डलरको विदेशी विनिमयको सञ्चिति ओगट्दै आएको छ ।

विनिमय दरलाई यथावतै कायम राख्ने चीनको प्रतिबद्धता थप सुविधाजनक मौद्रिक नीतितर्फ जाने पछिल्लो प्रयाससँग अमिल्दो देखिएको छ । पुँजीको बाह्य प्रवाहलाई रोक्न गरिएको प्रयास पनि त्यति प्रभावकारी हुन सकेको छैन । यदि पिपुल्स बैंक अफ चाइनाले वित्तीय स्थायित्वलाई प्राथमिकता दिन्छ र अन्तिम कर्जादातको भूमिका पूरा गर्ने प्रतिबद्धता गर्छ भने देशको विदेशी विनिमयको सञ्चिति ह्वात्तै ओरालो लाग्नुपूर्व उसले अवमूल्यनलाई अनिवार्य रूपमा स्वीकार गर्ने विषयलाई प्राथमिकता दिनुपर्छ । चीनले रेन्मिन्बीलाई चाँडै तैरने अवस्थामा आउन दिनका लागि अनुमति दिनुपर्ने अवस्था पाउन सक्छ । (कार्मेन रिनहार्ट हार्वर्ड युनिभर्सिटीको केनेडी स्कुल अफ गभर्नमेन्टका अन्तर्रा्िष्ट्रय वित्त प्रणालीका प्राध्यापक हुन् ।) एजेन्सी

 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *