August 18th, 2017

के के भयो साताभरी ? हेर्नुहोस टप बैंकिङ खबरहरु एकैठाउँमा

] हरेक साताको अन्तिम दिन शुक्रबार बैंकिङ खबर डट कमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैंक तथा वित्तीय संस्थासम्बन्धी विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तीय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :

एकिकृत निर्देशन २०७४ जारी
नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन २०७४ जारी गर्यो । यस अघि राष्ट्र बैंकले विभिन्न सर्कुलर मार्फत गरेका नयाँ व्यवस्थाहरु परिमार्जन सहित समेटेर एकीकृत निदेशिका जारी गरिएको हो । यो निर्दे्शिका जारी भएसँगै अब मौद्रिक नीतिमा भएका नयाँ व्यवस्था कार्यान्वायनको बाटो खुलेको छ । एकीकृत निर्देशन २०७३ तथा त्यसपछि गरिएका विभिन्न व्यवस्थाहरुमा ५९ वटा परिमार्जन गरेर नयाँ निर्दे्शिका तयार गरिएको छ ।

वित्तीय पहुँच विस्तारमा लघुवित्तकर्मीहरुको एक मत
सेन्टर फर सेल्फ हेल्प डेभलपमेन्ट (सीएसडी)द्धारा धुलिखेलमा आयोजित दुई दिने विचारगोष्ठी ११ बुँदे निष्कर्षसहित सम्पन्न भयो । गोष्ठीले विपन्न वर्षमा वित्तीय पहुँच विस्तार, उद्यमशीलताको विकास, लघुवित्त वित्तीय संस्थाको संस्थागत विकास, मानव संशाधनको दक्षता वृद्धि लगायतका घोषणा गरेको छ । गोष्ठीमा लघुवित्त वित्तीय संस्थाहरुले आफ्ना ग्राहकको सम्पूर्ण विवरण नियमित रुपमा क्रेडिट इन्फरमेसन ब्युरो (सीआईबी)मा पठाउने र ग्राहकलाई पारदर्शी, सहज र सुलभ रुपमा सुविधा पुर्याउन नयाँ प्रविधिहरुको प्रयोगमा जोड दिने प्रतिवद्धता व्यक्त गरे । ‘लघुवित्त संस्थाहरु महिला सशक्तिकरण, गरीबी न्युनिकरण, वित्तीय समावेशिता, उद्यमशीलता विकासका लागि दीगो, उत्तरदायी र पारदर्शी व्यवसायिक अभ्यासमा जोड दिने प्रतिवद्धता व्यक्त गरेको कुरा घोषणापत्रमा उल्लेख छ ।

एनआईसी एसिया बैंकको नयाँ निक्षेप योजना
एनआईसी एसिया बैंक लिमिटेडले नयाँ निक्षेप योजना ल्यायो । बैंकले आफ्नो दुई दशकको सफल यात्राको सुखद उपलक्ष्यमा ग्राहकवर्ग माझ “डबल डिपोजिट”नामक नयाँ निक्षेप योजना प्रस्तुत गरेको हो । आफ्ना ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले ल्याएको यस निक्षेप योजनामा व्यक्तिगत तथा संस्थागत निक्षेप ग्राहकहरुलाई सिमित अवधि पश्चात आफूले जम्मा गरेको रकमको दोब्बर भुक्तानी गरिनेछ । न्यूनतम एक लाख रुपैयाँ निक्षेपका साथ भाग लिन सकिने यस योजनामा व्यक्तिगत निक्षेपकर्ताको हकमा नौ बर्ष र संस्थागत निक्षेपकर्ताको हकमा १० वर्षमा आफुले सुरुमा जम्मा गरेको रकमको नियमानुसार संस्थागत निक्षेपको हकमा १५५ तथा व्यक्तिगत निक्षेपको हकमा ५५ का दरले व्याज आम्दानीको श्रोतमा करकट्टी गरे पश्चात बैंकले दोब्बर भुक्तानी दिने छ । यस योजनाले ग्राहकलाई निक्षेपमा थपघट हुन सक्ने व्याज दर तथा बजारमा व्याजको जोखिमले योजनालाई कुनै असर नपर्ने सुनिश्चितता बैंकले प्रदान गरेको छ । 

आईएमई लाइफ इन्स्योरेन्सको व्यवसाय सुरु
आइएमई लाइफ इस्योरेन्स कम्पनी लिमिटेडले व्यवसाय सुूरु गरेको छ । कम्पनीको व्यवसाय (कारोबार) शुभारम्भ काठमाडौंमा आयोजित एक बिशेष समारोहका बीच बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले गरे । कम्पनीको रजिष्टर्ड तथा कर्पोरेट कार्यालय लैनचौरस्थित हाथवे कम्पेलक्सको पहिल्लो तल्लामा स्थापना गरि कारोवार शुभारम्भ गरिएको छ ।बीमा समितिबाट २०७४ असार २० गते इस्योरेन्सले कारोवार संचालन गर्न अनुमति प्राप्त गरेको थियो । अनुमति पाएको छोटो समयमै कम्पनीले कारोवार शुभारम्भ गरेको हो ।

सीएको परीक्षाफल प्रकाशित
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले जुन २०१७ मा संचालन गरेको चार्टर्ड एकाउन्टेन्सी CAP I, CAP II र CAP III को परीक्षाफल प्रकाशित भयो । जसअनुसार, ४४३ जना परीक्षार्थी सहभागी भएको CAP I को परीक्षामा २८६ जना उतीर्ण भएका छन् । त्यस्तै, १२८७ जना परीक्षार्थी सहभागी भएको CAP II तहमा २५१ जना र अन्तिम तहमा ५३३ जना सहभागी भएकोमा ७३ जना उतीर्ण भएका छन् । यसपटकको परीक्षा नतिजाअनुसार ३९ जना परीक्षार्थीहरु चार्टर्ड एकाउन्टेन्ट सदस्यताको लागि योग्य भएको संस्थाले जनाएको छ । त्यसैगरी, संस्थाले जुन महिनामा नै संचालन गरेको चार्टर्ड एकाउन्टेन्ट सदस्यताको परीक्षाको समेत परीक्षाफल प्रकाशित गरेको छ । उक्त परीक्षामा ४३ जना उतीर्ण भएका छन् । समग्रमा संस्थाबाट जुन महिनामा संचालित परीक्षाको नतिजाअनुसार ८२ जना परीक्षार्थीहरु चार्टर्ड एकाउन्टेन्ट सदस्यताको लागि योग्य भएका छन् । 

शाखा विस्तार

  • नेपाल बैक लिमिटेडले सर्लाही जिल्लाको हरिपुरमा शाखा पुनःस्थापना गर्यो ।
  • गण्डकी विकास बैंक लिमिटेडले मनाङ जिल्लाको चामेमा ५१औं शाखाको औपचारिक उद्घाटन गर्यो ।
  • सिद्धार्थ बैंकले ताप्लेजुङ्गको ताप्लेजुङ्ग बजार, लम्जुुङ्गको बेशीसहर र काठमाडौं, गोकर्णेश्वरको जोरपाटीमा आफ्नो शाखा कार्यालयहरु सञ्चालनमा ल्यायो ।
  • लक्ष्मी बैंकले यसै साता रुपन्देहीको मणिग्राम र रामेछापको मन्थलीमा आफ्नो नयाँ शाखा संचालनमा ल्यायो ।

बाढी पीडितलाई राहत

  • अविरल वर्षाको कारण देशका विभिन्न भागमा गएको बाढी, पहिरोवाट पिडीतहरुलाई राहत स्वरुप नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक लिमिटेड वुटवलले दुई लाख २३ हजार रुपैयाँको सहयोग प्रदान गर्यो ।
  • देशको विभिन्न भेगमा आएको प्राकृतिक प्रकोप(बाढि–पहिरो)बाट मोरङ्ग जिल्लाको पिडित समुदायमा तत्काल राहत पुर्याउने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले एक लाख एक हजार एक सय एघार रुपैंया राहत रकम हस्तान्तरण गर्यो ।
  • ओम डेभलपमेन्ट बैंक लिमिटेडले देशमा बाढी पीडितहरुलाई सहयोगार्थ पोखरा लेखनाथ महानगरपालिकासंग सहकार्य गरी बाढी पीडित राहत कोष स्थापना गरेको छ । 
  • सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशको विभिन्न भागमा हालै गएको बाढीका पिडीतहरुलाई सहयोग गर्ने उद्देश्यले रु. एघार लाखको र्आिर्थक सहायता प्रधानमंत्री दैवी प्रकोप उद्घार कोषमा प्रदान गर्ने  निर्णय गर्यो ।

अन्य

  • नेपाल ग्रामीण विकास बैंक लिमिटेडले तेश्रो वार्षिकोत्सव समारोह कार्यक्रम बुटवलमा सम्पन्न गर्यो ।
  • नेपाल ग्रामीण विकास बैकले आफ्नो तेस्रो वार्षिकोत्सवका अवशरमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमको आयोजना गर्यो ।

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]