August 18th, 2017

लक्ष्मी लघुवित्तद्धारा बीमा रकम हस्तान्तरण

माई जोगमाई गाउँपालीका अन्तर्गत नयाँ बजारमा रहेको लक्ष्मी लघुवित्तले शुक्रबार एक कार्यक्रमका बीच बीमा रकम हस्तान्तरण गरेको छ । स्थानीय मृतक भिममति तामाङ्गको श्रीमान कर्ण बहादुर तामाङ्गलाई उक्त बीमा रकम स्वरुप एक लाख ६५ हजार रुपैयाँ प्रदान गरेको हो । बीमा रकम संस्थाका प्रमुख सतीश कुमार चौधरीले कार्यक्रम बीच मङगलबार हस्तान्तरण गरे । 

संस्थामा महिला समूहका सदस्य भिममति तामाङ्गले पशु व्यावसाय गर्नको लागि लिएको कर्जा अवधिमै उनको निधन भएकोेले उतm बीमा रकम दिएको प्रमुख चौधरीले जानकारी गराए । ऋणीको कर्जा अवधिमै मृत्यु भएमा उक्त रकमको बीमा समेत गरीने हुँदा संस्था र ऋणी कुनै पनि दुुर्घटनामा आर्थिक रुपमा सुरक्षित हुने प्रमुख चौधरीले बताए ।

नयाँवजारमा लक्ष्मी लघुवित्त वि. सं २०७० फाल्गुन ०२ गते स्थापना भई स्थानीय स्तरमा सेवा प्रदान गर्दै आईरहेको छ । संस्थाले विपन्न, जनजाती दलित तथा पिछडिएको वर्गलाई समेटी समुह गठन गरी ऋण प्रवाह मार्फत कार्यक्रम विस्तार गर्दै ग्रामीण क्षेत्रका जनताहरुको जीवनस्तर सुधार गदै आईरहेको छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]