August 18th, 2017

साझा विकास बैंक देवः विकास बैंकमा गाभियो, एकिकृत कारोबार छिट्टै हुने

साझा विकास बैंक लिमिटेड देवः विकास बैंक लिमिटेडमा गाभिएको छ । दुवै बैंकको विहीबार सम्पन्न छुट्टाछुट्टै विशेष साधारणसभाले साझालाई देवःले प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित गरेका छन् । अब छिटै नै एकीकृत कारोबार सुरु गर्ने तयारीमा यी बैंकहरु लागेका छन् ।  

एक अर्ब ४४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको देवः विकास बैंकले १० करोड रुपैयाँ चुक्ता पूँजी रहेको साझालाई एक बराबर एकको स्वाप रेसियोमा एक्वायर गर्न लागेको हो । विशेष साधारण सभाले संस्था प्राप्तिपछि बैंकको पूँजी, प्रबन्धपत्र तथा नियमावली तथा नियमनकारी संस्थाबाट आएका अन्य परिवर्तन तथा संसोधन गर्ने अख्तियारी समेत विशेष साधारणले सञ्चालकलाई प्रदान गरेको छ ।

यता, युनियन फाइनान्सलाई समेत एक्वायर गरेको देवः विकास बैंकको दुवै एक्विजिसनपछि चुक्तापुँजी एक अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । पुँजीवृद्धिको क्रममा देवःले सहारा विकास बैंकलाई पनि प्राप्ति गर्ने सम्झौता गरेको छ ।  

देवःले गत आर्थिक बर्षमा २८ करोड ९४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो अवधिमा बैंकले १० अर्व ४१ करोड रुपैयाँ निक्षेप संकलन गरी नौ अर्ब ५७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने एक अर्बभन्दा बढी खुद व्याज आम्दानी गरेको छ । बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ०३ पैसा रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]