August 18th, 2017

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको व्यवसाय सुरु

आइएमई लाइफ इस्योरेन्स कम्पनी लिमिटेडले व्यवसाय सुूरु गरेको छ । कम्पनीको व्यवसाय (कारोबार) शुभारम्भ काठमाडौंमा आयोजित एक बिशेष समारोहका बीच बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले गरे । कम्पनीको रजिष्टर्ड तथा कर्पोरेट कार्यालय लैनचौरस्थित हाथवे कम्पेलक्सको पहिल्लो तल्लामा स्थापना गरि कारोवार शुभारम्भ गरिएको छ ।

बीमा समितिबाट २०७४ असार २० गते इस्योरेन्सले कारोवार संचालन गर्न अनुमति प्राप्त गरेको थियो । अनुमति पाएको छोटो समयमै कम्पनीले कारोवार शुभारम्भ गरेको हो । 

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईको प्रमुख आतिथ्यतामा सम्पन्न शुभारम्भ कार्यक्रमको सभापतित्व आइएमई लाइफ इस्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष डा. रामहरि अर्यालले गरेका थिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिषंघका अध्यक्ष हरिभक्त शर्मा, नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठ, आइएमई गु्रपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, आइएमई गु्रपका प्रबन्ध निर्देशक हेमराज ढकाल, नेपाल बीमक संघका कार्यवाहक अध्यक्ष् दिपप्रकाश पाण्डेले कारोबार शुभारम्भको अवसरमा शुभकामना प्रदान गरे । कार्यक्रममा आइएमई लाइफ इस्योरेन्सका महाप्रबन्धक राकेश पोखरेलले आमन्त्रित अतिथीहरुलाई स्वागत गरेका थिए । 
 
कार्यक्रमलाई संबोधन गर्दै बीमा समितिका अध्यक्ष चापागाँईले आइएमई लाइफ इस्योरेन्स कम्पनी लिमिटेडले पछिल्लो पटक संचालन अनुमति प्राप्त इस्योरेन्स कम्पनीहरुमध्ये सबैभन्दा पहिला सेवा शुभारम्भ गरेकोमा बधाई तथा सफलताको शुभकामना व्यक्त गरे । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]