August 17th, 2017

नेपाल ग्रामीण विकास बैंकका सबै वित्तीय सूचक सकारात्मक

गत आर्थिक वर्ष २०७३/०७४ मा नेपाल ग्रामीण विकास बैंक लिमिटेडले एक अर्ब ६० करोड रुपैयाँ कुल आम्दानी गरेको छ । बैंकले कुल आम्दानीमा गत आर्थिक वर्षको तुलनामा २१.३८ प्रतिशतले वृद्धि गरेको छ । व्याज आम्दानीमा भने बैंकले २३.७३ प्रतिशत प्रगति गर्दै एक अर्ब ४२ करोड रुपैयाँ आर्जन गरेको छ । 

आम्दानीमा वृद्धि हुँदाहुँदै पनि कर्मचारी खर्च बढेपनि मुनाफामा भने संकुचन आएको बैंकले जनाएको छ । विभिन्न कारणवश कर्मचारी खर्च ५७.८० प्रतिशतले वृद्धि भएपछि बैंकले संचालन मुनाफा २५ करोड ३६ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षमा कर्मचारीहरुको तलव बृद्धि, ठूलो सख्यामा कर्मचारीहरुको सेवा अवधि २० वर्ष नाघी कर्मचारीहरुको उपदान शिर्षकमा र कर्मचारी सञ्चित विदा व्यवस्था शिर्षकमा अत्याधिक खर्च लेखी व्यवस्था गर्नु परेकाले नेपाल ग्रामीण विकास बैंकको कर्मचारी खर्च बढ्न गई नाफा प्रभावित भएको देखिन्छ । 

मुनाफामा संकुचन आएता पनि बैंकले अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा उल्लेखनिय प्रगति गरेको छ र बैंकको वित्तीय परिसूचकहरु सुधारन्मुख रहेका छन् । बैंकको चुक्ता पू“जी ५५ करोड ७५ लाख रहेको छ भने जगेडाकोष रू १७ करोड ३३ लाख रहेको छ । बैंकले आर्थिक वर्ष २०७३/०७४ मा २०.४१ प्रतिशतले लगानीमा रहेको कर्जा बृद्धि गरी रू ७ अर्व ७२ करोड र २४.०७ प्रतिशतले बचत बृद्धि गरी रू २ अर्व २५ करोड बचत पुर्याएकोे छ । 

बैंकको पू“जीकोष अनुपात ५.१९ प्रतिशतबाट बढेर ६.३६ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार पुँजीकोष नपुगेता पनि चालु आर्थिक वर्षमा एफपिओबाट प्राप्त हुने सेयर पू“जी रू ९ करोड ७५ लाख र यस वर्षको मुनाफाबाट बैंकको पू“जीकोष अनुपात पुग्ने देखिन्छ । त्यस्तै बैंकको निष्कृय कर्जामा उल्लेख्य सुधार आएको छ । बैंकको आर्थिक वर्ष २०७२/०७३ मा ४.७३ प्रतिशतको निष्कृय कर्जा घटेर ३.७६ प्रतिशत कायम भएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]