August 17th, 2017

सिद्धार्थ बैंकको शाखा ताप्लेजुङ्ग, बेशीसहर र जोरपाटीमा

सिद्धार्थ बैंकले भाद्र १ गते बिहीबारका दिनदेखि ताप्लेजुङ्गको ताप्लेजुङ्ग बजार, लम्जुुङ्गको बेशीसहर र काठमाडौं, गोकर्णेश्वरको जोरपाटीमा आप्mनो शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले सो शाखा कार्यालयहरु मार्फत् सम्पुर्ण बैंकिङ सेवा उपलब्ध हुने जानकारी गराएको छ ।

हालै सञ्चालनमा आएका नयाँ शाखा सहित बैंकले हाल देशभर रहेका ७५ शाखा, २ एक्स्टेन्सन् काउन्टर, ९८ एटीएम, ७० शाखारहित बैंकिङ्ग सेवा र  ४५० भन्दा बढी एइक् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७३/०७४ को आषाढ मसान्तसम्म बैंकले रु. १ अर्ब ४१ करोड खुद मुनाफा आर्जन गर्न सक्षम रह्यो । सोहि अवधीमा बैंकको कुल निक्षेप रु. ७७ अर्ब ३१  करोड र कर्जा लगानी रु. ६६ अर्ब ६ करोड रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]