August 17th, 2017

रामेछापको मन्थलीमा लक्ष्मी बैंकको नयाँ शाखा विस्तार

लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा विहीबार रामेछापको मन्थलीमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएकोे छ । यस क्षेत्रमा लक्ष्मी बैंकको यो पहिलो शाखा हो । 

यससँगै, लक्ष्मी बैंकको शाखा संजाल ६८, ३ हस्पिटल सेवा काउन्टर, ८९ ए टि एम, २५०० भन्दा बढि रेमिट्यान्स अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ र व्यापक बनाउने विश्वास राखेको छ ।

यस शाखाको विस्तारसँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यमअर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रदान गरी शहरी तथा अर्धशहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

सुविधाजनक नयाँ निक्षेप योजनाहरु र विभिन्न आवधिक तथा बचत निक्षेप सेवाहरुका साथसाथै व्यक्तिगत तथा साना व्यवसाय कर्जा सेवाहरु प्रदान गरी व्यक्तिगत तथा साना व्यवसाय बैंकिङ्ग सेवाको दायरालाई फराकिलो पार्दै जाने लक्ष्य बैंकले लिएको छ । विशेष गरी साना व्यवसाय कर्जा र व्यवसायिक कृषि क्षेत्रमा बैंकले आफ्नो ध्यान केन्द्रित गरेको छ । जस अनुरुप देशका विभिन्न क्षेत्रका सानातथा लघु उद्यमीतथा कृषकहरुलाई सरल रुपमाकर्जा प्रवाहगर्नुका साथै वित्तीय सेवातथा सल्लाहप्रदान गरी उनीहरुको व्यवसाय प्रवद्र्धन तथा वित्तीय व्यवस्थापन कार्यमा ठूलो मद्दत पुर्याएको छ । 

आगामी दिनहरुमा बैंकले अझ धेरै शाखा अनि सेवाहरु देशभरि विस्तार गर्ने लक्ष्य लिएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]