August 15th, 2017

कन्काई, कामना र सेवा विकास बैंक : गत आर्थिक वर्षमा कुनको मुनाफा कति ?

कन्काई विकास बैंक, कामना विकास बैंक र सेवा विकास बैंकले गत आार्थिक वर्षको प्रगति विवरण सार्वजनिक गरेका छन् । तीनवटै बैंकले मुनाफामा प्रगति हासिल गरेको विवरण प्रस्तुत गरेका छन् ।

कन्काई विकास बैंक लिमिटेडले गत आर्थिक वर्षमा खुद मुनाफा १५ दशमलव १५ प्रतिशतले वृद्धि गरी तीन करोड ८७ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षमा बैंकले तीन करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

१५ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा ६ करोड १६ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ३० दशमलव १७ प्रतिशतले वृद्धि गरी १ अर्ब ६६ करोड रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १५ प्रतिशतले वृद्धि १ अर्ब १८ करोड रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ३० प्रतिशतले बढेर १० करोड ६८ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ३ दशमलव ८४ प्रतिशतले बढेर ५ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।

बैंकको निष्कृय कर्जा शुन्य दशमलव ३७ प्रतिशत, पूँजीकोष अनुपात १५ दशमलव ८७ प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक २५ दशमलव ८२ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ९ दशमलव ०६ गुणा, प्रतिसेयर नेटवर्थ १ सय ४० दशमलव ५० रुपैयाँ र तरलता अनुपात ४१ दशमलव ३३ प्रतिशत रहेको छ

यता, कामना विकास बैंक लिमिटेडले अघिल्लो आर्थिक वर्षको तुलनामा २ दशमलव ९२ प्रतिशतले वृद्धि गर्दै १७ करोड ६५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको विवरण प्रस्तुत गरेको छ । अघिल्लो वर्षमा कामनाले १७ करोड ११ लाख रुपैयाँ नाफा कमाएको थियो ।

८० करोड ४३ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडकोषमा ३१ करोड ७८ लाख रुपैयाँ राखेको छ । निक्षेपमा १ दशमलव १० प्रतिशतले वृद्धि गरी ६ अर्ब ९८ करोड २९ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा ६ अर्ब ११ करोड २३ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी १२ दशमलव ६८ प्रतिशतले बढेर ३९ करोड ११ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १ दशमलव १२ प्रतिशतले बढेर २६ करोड पुगेको छ ।

बैंकको निष्कृय कर्जा १ दशमलव ४७ प्रतिशत, पूँजीकोष अनुपात १६ दशमलव ४७ प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक २१ दशमलव ९५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १६ दशमलव ७७ गुणा, प्रतिसेयर नेटवर्थ १ सय ३९ दशमलव ५१ रुपैयाँ र तरलता अनुपात २७ दशमलव ६२ प्रतिशत रहेको छ ।

कामनासँग मर्जरमा गएको सेवा विकास बैंक लिमिटेडले पनि खुद मुनाफामा ६० दशमलव ७४ प्रतिशतले वृद्धि गरी १७ करोड २८ लाख रुपैयाँ कमाउन सफल भएको छ । अघिल्लो वर्षमा बैंकले १० करोड ७६ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

एक अर्ब एक करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा २९ करोड ५७ लाख रुपैयाँ राखेको छ । निक्षेपमा १६ दशमलव ५९ प्रतिशतले वृद्धि गरी पाँच अर्ब ६१ करोड ५१ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा ३२ दशमलव ०९ प्रतिशतले वृद्धि गरी पाँच अर्ब ४० करोड ४ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ५२ दशमलव १० प्रतिशतले बढेर ३६ करोड २९ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफा ४९ दशमलव १६ प्रतिशतले बढेर २६ करोड ७३ लाख रुपैयाँ पुगेको छ । बैंकले ४ करोड ६३ लाख रुपैयाँ प्रोभिजनमा राखेको छ ।

बैंकको निष्कृय कर्जा शुन्य दशमलव ८१ प्रतिशत, पूँजीकोष अनुपात २१ दशमलव ५९ प्रतिशत, प्रतिसेयर आम्दानी १७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १८ दशमलव १८ गुणा, प्रतिसेयर नेटवर्थ १ सय २९ दशमलव ०८ रुपैयाँ र तरलता अनुपात २९ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]