August 15th, 2017

शिखर इन्स्योरेन्सले कमायो साढे ३७ करोड मुनाफा

निजी क्षेत्रको निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा ३७ करोड ५८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा २२ दशमलव ५८ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा शिखरले ३० करोड ६६ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

८१ करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी भएको शिखर इन्स्योरेन्सले जगेडा कोषमा ३० करोड ११ लाख रुपैयाँ र बीमाकोषमा ६४ करोड ६२ लाख रुपैयाँ राखेको छ । शिखर इन्स्योरेन्सको आम्दानी २० प्रतिशतले वृद्धि गरी ६१ करोड ८३ लाख रुपैयाँ पुर्याएको छ । बीमा शुल्क (खुद) आम्दानी एक अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बीमा शुल्क आर्जन कुल रकम २ अर्ब ७६ करोड ६२ लाख रुपैयाँ रहेको छ । खर्चमा १६ दशमलव ३४ प्रतिशत बढेर २४ करोड २४ लाख रुपैयाँँ पुगेको छ । दाबी भुक्तानी (खुद) ५९ करोड ७५ लाख रुपैयाँ पुगेको छ भने कुल दाबी भुक्तानी १ अर्ब २३ करोड ८४ लाख रुपैयाँ बराबरको रहेको छ ।

शिखर इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ४५ दशमलव ९७ रुपैयाँ, मूल्य आम्दानीको अनुपात ४२ दशमलव २३ गुणा र प्रतिसेयर नेटवर्थ २ सय २० दशमलव ०६ रुपैयाँ रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]