August 12th, 2017

बीमा क्षेत्रमा ठूलो संख्यामा रोजगारीको अवसर

जीवन बीमा कम्पनीमा हजारभन्दा बढीले रोजगारी पाउने भएका छन् । नेपालको बीमा क्षेत्रमा १० वटा जीवन बीमा कम्पनीहरु थपिँदैछ । ती कम्पनीहरुमा उक्त संख्यामा कर्मचारी आवश्यक पर्ने अनुमान गरिएको छ ।

सञ्चालनमा आउने तरखरमा रहेका १० कम्पनीमध्ये, तीन वटा जीवन कम्पनीहरु साउन महिना भित्रमा नै थपिँदैछन् । जीवन बीमा कम्पनीको लाइसेन्सका लागि अर्थ मन्त्रालयबाट स्वीकृति पाएका १० मध्ये आईएमई लाइफ, ज्योति लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सलाई बीमा समितिले असार २० गते नै सञ्चालन इजाजतपत्र (अपरेटिङ लाइसेन्स) दिएको थियो । यी कम्पनीहरुले अब साउन महिनाभित्रै व्यवसाय थाल्दैछन् । 

त्यस्तै, रिलायन्स, रिलायबल र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पनि साउन १८ गते अनुमति पाएका छन् ।  यी कम्पनीहरु पनि छिटै व्यवसाय सुरु गर्ने भन्दै  भौतिक संरचना निर्माण र जनशक्ति व्यवस्थापनमा जुटेका छन् ।

बाँकी चार कम्पनीहरुले भने ६ महीनाभित्र आवश्यक पूर्वाधार निर्माण, कर्मचारी व्यवस्थापन, पुनर्बीमा करार, बीमाङ्कीको नियुक्तिलगायत शर्त पूरा गरेपछि व्यवसाय शुरू गर्ने प्रमाणपत्र पाउने पाउनेछन् । व्यवसाय सुरु गर्नका लागि कर्मचारीको व्यवस्थापन गरिसक्नुपर्ने भएकाले सबै कम्पनीहरुले धमाधम कर्मचारी माग गरिरहेका छन् । यी सबै कम्पनीले आवश्यकताअनुसारका कर्मचारी नियुक्त गर्नुपर्दा ठूलो  संख्यामा कर्मचारी आवश्यक पर्ने देखिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]