August 11th, 2017

नेपाल हाइड्रो डेभलपरको आईपिओ खुल्यो

नेपाल हाइड्रो डेभलपर लिमिटेडले आज (साउन २७ गते)देखि तीन करोड ९० लाख रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गरेको छ । सेयर निष्काशन छिटोमा साउन ३२ र ढिलोमा भदौ २५ गते बन्द हुनेछ ।

यसअघि आयोजना प्रभावित स्थानीयका लागि दुई लाख ६० हजार कित्ता शेयर निष्काशन गरी बाँडफाँडसमेत गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि एक सय रुपैयाँ अंकित मूल्यमा तीन लाख ९० हजार कित्ता आईपिओ निष्काशन गर्न गरेको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । आईपिओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

६ दशमलव ८ मेगावाटको तल्लो चर्नावती जलविद्युत् आयोजनाको निर्माण गर्न लागेको कम्पनीले यसअघि ३ दशमलव ५२ मेगावाटको चर्नावती जलविद्युत् आयोजना निर्माण गरिसकेको छ । यस कम्पनीलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको आधारभूत पक्ष औसत रहेको देखिन्छ । यसअघि सञ्चालनमा रहेको पहिलो आयोजनाको आधारमा यस्तो रेटिङ प्रदान गरिएको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]