August 10th, 2017

सिद्धार्थ बैंकको सिईओमा गौतम नियुक्त

सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा शम्भुनाथ गौतम नियुक्त भएका छन् । बैंक संचालक समितिको बुधबार बसेको बैठकले गौतमलाई विहीबार (आज)देखि लागू हुनेगरी बैंकको आगामी कार्यकालका लागि सिईओ नियुक्त गरेको हो ।

 यसअघि सिद्धार्थ बैंकमै डेपुटी सीईओको रुपमा कार्यरत गौतमलाई बैंकको जेठ २२ गते बसेको सञ्चालक समितिको बैठकले कामु सिईओ नियुक्त गरेको थियो । 

तत्कालीन सिइओ सुरेन्द्र भण्डारीले राजीनामा दिएर कुमारी बैंकतिर लागेपछि सिद्धार्थ बैंकमा सिईओको पद रिक्त रहेको थियो ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]