August 5th, 2017

वाणिज्य बैंकहरुमा स्थानीय तहमा ठुलो संख्यामा कर्मचारी आबश्यकता

सनराइज बैंक लिमिटेडले १७ जिल्लाका विभिन्न १९ गाउँपालिकामा निकट भविष्यमा नै खुल्न लागेका शाखाहरुमा नियुक्त गर्नका लागि ठूलो संख्यामा प्रशिक्षार्थी कर्मचारी माग गरेको छ । तीनदेखि छ महिनासम्म व्यवहारिक कार्यगत अनुभवसहित दक्ष बनाई तोकिएको शाखा सञ्चालनमा आएपछि पदस्थापन गर्ने गरि प्रशिक्षार्थी कर्मचारी माग गरेको बैंकले जनाएको छ । राष्ट्र बैंकले सबै स्थानीय तहमा शाखा खोल्न निर्देशन दिएपछि सोको तयारीस्वपरुप बैंकले आफ्ना कर्मचारीलाई आफैँ दक्ष बनाउन लागेको हो । प्रविणता तह उतीर्ण गरेको र उमेर २८ वर्ष ननाघेका उम्मेदवारले आफूले चाहेबमोजिमको पदमा दरखास्त दिन सक्नेछन् । अनुभव भएकाहरुले पनि आवेदन दिन पाउने बताइएको छ ।

 

आफूले दरखास्त दिने पद छनौट गरी आवेदन दिनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

http://wwww.sunrisebank.com.np/career/

 

सिभिल बैंक लिमिटेडले ५० जना कर्मचारी माग गरेको छ । बैंकले प्रशिक्षार्थीको रुपमा एसिस्टेन्ट र मेनेजमेन्ट तहमा कर्मचारी नियुक्त गर्न लागेको हो । प्रवीणता तह उतीर्ण गरेका र बैंकिङ क्षेत्रमा करिअर बनाउन चाहनै जोसुकैले पनि एप्लाइ गर्न सक्नेछन् । यी पदका लागि बैंकले अनुभव पनि मागेको छैन । मेनेजमेन्ट प्रशिक्षार्थीमा १० जना र प्रशिक्षार्थी एसिस्टेन्टमा ४० जनालाई नियुक्ति दिइने बैंकले जनाएकोछ । एप्लाई गर्ने म्याद ८ अगस्टसम्म रहेको छ । थप जानकारी चाहिएमा तथा अनलाइनबाट एप्लाई गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् । 
https://www.growthsellers.com/job/detail/644 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]