August 2nd, 2017

बैंकिङ क्षेत्रमा ‘क्यासलेस ट्रान्जेक्सन’ र विधिहरु

निलेशमान शिंह प्रधान / मूलुकहरुमा क्यास ट्रान्जेक्शन झण्डै शून्य प्रतिशतमा छ । स्विजरल्याण्ड, नर्वे जस्ता देशहरुमा क्यासलेस कारोबार हुने गरेको हामीले बिभिन्न संचार माध्यममा पनि देखेका छौं । कतिपय देशहरुमा यसका लागि नीतिगत रुपमा नै व्यवस्था गरिएको हुन्छ । क्यासलेस ट्रान्जेक्शन हुने देशहरुमा नगद छाप्न नै प्रतिबन्ध लगाउने नियमहरु बनेका छन् । विश्वका धेरै जसो विकशित देशहरुमा नगद कारोबार ज्यादै कमी हुने गरेको छ । 

डिजिटल प्रविधिको प्रयोग ज्यादै न्यून
हाम्रो नेपालमा क्यास ट्रान्जेक्शन ९५ प्रतिशत भन्दा बढी हुन्छ । बाँकी ४÷५ प्रतिशत मात्रै क्यासलेस ट्रान्जेक्शन हुने गरेको छ । अझ डिजिटल प्रविधिको कुरा गर्दा त नेपालमा प्वाइन्ट वान, टू प्रतिशत भन्दा बढी इलेक्ट्रोनिक ट्रान्जेक्शन हुन सकेको छैन । त्यसका लागि आवश्यक कार्य नभएको होइन, बैंकहरुले पनि धेरै लगानी गरेका छन् । अहिले इन्टरनेट बैंकिङ अधिकांश कमर्शियल बैंकको छ । नेपाल राष्ट्र बैंक लगायतका अन्य नियामक निकायले नितिगत व्यवस्था पनि गरेको छ । कुनै पनि एउटा संस्थाले सबै कुरा गर्न सक्दैन । कुनै एउटा बैंक वित्तीय संस्थाले सबै म एक्लै गर्छु भन्ने हो भने आज भन्दा ४÷५ बर्ष अगाडी जस्तो स्थिती थियो त्यस्तै रहन्छ । 

नेपाल क्लियरिङ हाउस लिमिटेड
नेपाल क्यिरिङ हाउस लिमिटेड सन् २०११ डिसेम्बरबाट संचालनमा आएको हो । हाम्रो मूख्य काम नै चेक क्लियरिङ गर्ने हो । हाम्रो संस्थाले यो काम गर्नु भन्दा धेरै अगाडिदेखि पनि चेकको काम त भइरहेको नै थियो । तर, त्यो चाहिँ म्यानुअल क्लियरिङमा हुने गथ्र्यो । त्यसबारे धेरैलाई जानकारी नै होला । जतिबेला नेपाल क्लियरिङ हाउसको स्थापना भएको थिएन त्यतिबेला पनि चेकको कारोबार हुन्थ्यो । तर, त्यतिबेला चेक क्लियरिङ हुन काठमाडौं भ्याली भित्रै पनि २÷३ दिन लाग्थ्यो । अझ काठमाडौं बाहिर चेक साटिनका लागि त महिनौँ लागेको उदाहरण पनि छन् । अहिले कसको खाताबाट कसको खातामा ट्रान्सफर वा डिपोजिट गर्ने भन्नेबारे जानकारी पाएको सोहि दिन नै चेक क्लियरिङ हुन्छ । यदि धेरै समय लाग्यो भने जानकारी पाएको दोस्रो दिनमा जसरी पनि हुन्छ । 

पेमेन्टमा सहजता
सुर्योदय, मेरो माइक्रोफाइनान्सको डिभिडेन्टहरु हाम्रो सिस्टमबाट पे आउट भएको छ । अन्य नगद कारोबारहरु तलव भत्ता दिनु पर्यो, इन्स्योरेन्सको पेमेन्ट तिर्नुपर्यो भने हामीले दिएको सेवाबाट सहज हुन्छ । अहिले इन्स्योरेन्सको राम्रो उदाहरण छ । जस्तो इन्स्योरेन्सको प्रिमियम प्रत्येक महिना वा ३÷३ महिनामा तिर्नुपर्ने व्यवस्था छ । त्यो प्रिमियम तिर्न मलाई इन्स्योरेन्सको एजेण्टलाई समाउनु पर्यो अथवा त्यो इन्स्योरेन्सको शाखा कार्यालयमा गएर चेक काट्नुपर्यो कि त क्यास दिनुपर्यो अथवा त्यो इन्स्योरेन्सले कुनै बैंक तोकेको रहेछ भने त्यो बैंकको ब्रान्चमा गएर नै मैले त्यो प्रिमियम तिर्नुपर्ने हुन्छ । जबकी मेरो खाता अर्को कुनै बैंकमा छ भने पनि उसले तोकेको बैंकको ब्रान्चमा नै गएर पेमेन्ट गर्नुपर्ने हुन्छ । तर यो सिस्टममा इन्स्योरेन्सको प्रिमियम तिर्न त्यत्रो झण्डट गर्नुपर्दैन । प्रत्येक ३÷३ महीनामा मेरो खाताको पैसाबाट एक हजार तिरेर एनएलजी इन्स्योरेन्समा जम्मा गरिदिनु भनेर एक पटक लेखेर दिनुभयो भने त्यसैले काम गर्छ । इन्स्योरेन्सको वा बैंकको ब्रान्चमा गएर पैसा भुक्तानी गर्नुपर्दैन । प्रिमियम तिर्नुपर्ने समय वा रकम भुल्छुकी भन्ने समस्या पनि हुँदैन । 

अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली
नेपाल क्लियरिङ हाउसको अर्को प्रोडक्ट सरकारी पेमेन्ट पनि हामीले यसैगरी गर्न सुरु गरेका छौँ । नेपाल सरकारबाट जतिपनि कामकारवाही हुन्छ, बिभिन्न क्षेत्रलाई पेमेन्ट गर्नुपर्ने हुन्छ भने त्यसलाई यो सिस्टमबाट गरिनेछ । यो भन्दा अगाडी नेपाल सरकारले नेपाल राष्ट्र बैंकबाट चेक काटेर यो काम गरिरहेको हुन्थ्यो । यसबाट चेकको मिसयुज हुने समस्या पनि हुँदैन । अहिले हामीले साधारणतयाः २५ सय ट्रान्जेक्शन गरिरहेका छौँ । दैनिक डेढ अर्बदेखि दुई अर्बसम्मको ट्रान्जेक्शन गरिरहेका छौँ । यसमा कस्तो किसिमको ट्रान्जेक्शन आउन सक्छ भने इन्टरबैंक सिस्टम इलेक्ट्रिक ढंगबाट जाने भएकाले यसले ग्राहक वर्गहरुलाई सजिलो हुन्छ । इन्टर बैंक सिस्टम इलेक्ट्रोनिक सिस्टमबाट गर्नलाई आवश्यक सेवा बैंकलाई उपलब्ध गराएका छौँ । (प्रधान नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत हुन्, ) 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]