July 27th, 2017

स्थानीय तहमा धेरै शाखा खोल्न लागेका चार वाणिज्य बैंकहरु

डीपी आचार्य – बैंक शाखा नपुगेका दुई सय ५० स्थानीय तहहरुमा वाणिज्य बैंकहरुले शाखा खोल्ने प्रक्रिया अघि बढाएका छन् । वाणिज्य बैंकहरुलाई स्थानीय तहमा शाखा खोल्नका लागि नेपाल राष्ट्र बैंकले निर्देशन दिएपछि बैंकहरुले २ सय ५० स्थानीय तह मध्ये कहाँ कसले खोल्ने भनेर सहमति गरेका थिए । चालु आर्थिक बर्ष २०७४/७५ को बजेटमा नै सरकारले सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा खोल्ने भनेर उल्लेख गरेको थियो । बजेट सार्वजनिक भएपछि अर्थमन्त्रालयले स्थानीय तहमा २ महीनाभित्र शाखा खोल्नका लागि निर्देशन दिएको थियो । सोहि निर्देशन अनुसार २८ वाणिज्य बैंकहरु मध्ये २७ वटाले २ सय ५० स्थानीय तहमा कसले कहाँ शाखा खोल्ने भनेर सहमति गरेसँगै शाखा विस्तारका लागि आवश्यक अध्ययन शुरु गरेका छन् । स्थानीय तह भाग लगाउँदा कुनै बैंकको भागमा धेरै स्थानीय तह परेका छन् भने कुनै बैंकको भागमा थोरै मात्र स्थानीय तह परेका छन् । सबैभन्दा बढी स्थानीय तहमा शाखा खोल्न लागेका चार वाणिज्य बैंकको बारेमा यहाँ चर्चा गरिन्छ । 

प्रभु बैंक
प्रभु बैंकले सबैभन्दा बढी स्थानीय तहमा बैंक शाखा पु¥याउने भएको छ । २७ वाणिज्य बैंकहरुहरुले लगाएको २ सय ५० स्थानीय तहको भागवण्डामा प्रभु बैंकको भागमा ३१ स्थानीय तह परेका छन् । प्रभुले प्रदेश नं. १ को चार वटा, प्रदेश नं. २ को चार वटा, प्रदेश नं. ४ को १४ वटा, प्रदेश नं. ५ को २ वटा, प्रदेश नं. ६ को ४ वटा र प्रदेश नं. ७ को ३ वटा स्थानीय तहमा शाखा विस्तार गर्ने भएको छ । प्रभु शाखा विस्तार गर्न लागेका सबै स्थानीय तह गाउँपालिका हुन् । हाल मुलुकभर प्रभु बैंकका १३३ शाखा सञ्चालनमा छन् । जसमध्ये, ४४ वटा शाखा उपत्यकाभित्र छन् भने बाँकी ८९ वटा शाखा उपत्यकाबाहिर छन् । प्रभु बैंकले भोजपुरको अरुण गाउँपालिका, भाजपुरकै हतुवागढी गाउँपालिका, इलामको सन्दकपुर गाउँपालिका, सोलुखुम्बुको दुधकोशी गाउँपालिका, धनुषाको मुखियापट्टि गाउँपालिका, महोत्तरीको एकडारा गाउँपालिका, सिरहाको भगवानपुर गाउँपालिका, सिरहाकै बरियारपट्टि गाउँपालिका, बझाङको ताराखोला, तमानखोला, वरेङ, निशी खोला र वडिगाउँ गाउँपालिका, कास्कीको माछापुच्छ«े गाउँपालिका, मनाङको नाशोङ र नेस्याङ गाउँपालिका, मुस्ताङको दालोमे, थोमन्साङ र थासाङ गाउँपालिका, म्याग्दीको धवलागिरी र रघुगंगगा गाउँपालिका, पर्वतको विहादी गाउँपालिका, कपिलवस्तुको विजयनगर गाउँपालिका, रोल्पाको माडी गाउँपालिका, दैलेखको भगवती माई र गुँरास गाउँपालिका, डोल्पाको शे फोक्सुण्डे गाउँपालिका, हुम्लाको खार्पुनाथ गाउँपालिका, बैतडीको सिगास गाउँपालिका, डडेलधुराको नवदुर्गाली गाउँपालिका र दार्जुलाको व्याँस गाउँपालिका गरी जम्मा ३१ स्थानीय तहमा बैंकको शाखा खोल्ने भएको छ । 

सनराइज बैंक
प्रभुपछि धेरै शाखा विस्तार गर्नेमा सनराइज बैंक रहेको छ । सनराइज बैंकले १९ वटा स्थानीय तहका शाखा खोल्दैछ । सनराइजले प्रदेश नं. १ को ३ वटा, प्रदेश नं. २ को ४ वटा, प्रदेश नं. ३ को २ वटा, प्रदेश नं. ४ को एउटा, प्रदेश नं. ५ को ४ वटा, प्रदेश नं. ६ को एउटा र प्रदेश नं. ७ को ५ वटा स्थानीय तहमा शाखा खोल्नेछ । हाल सनराइज बैंकका उपत्यकाबाहिर ४१ र उपत्यकाभित्र ३० गरी ७१ वटा शाखा सञ्चालनमा छन् । यस बैंकले खोटाङको जन्तेढुंगा गाउँपालिका, ओखलढुंगाको मोलुङ गाउँपालिका, ताप्लेजुङको मैवाखोला गाँउपालिका, धनुषाको मैवाखोला गाँउपालिका र औराही गाउँपालिका, पर्साको विनदाबासीनी गाउँपालिका, रौतहटको दुर्गा भगवती गाउँपालिका, ललितपुरको महाङ्काल गाउँपालिका, रामेछापको उमाकुण्ड गाउँपालिका, कास्कीको रूपा गाउँपालिका, बाँकेको नरैनापुर गाउँपालिका, गुल्मीको धुर्कोट गाउँपालिका, पाल्पाको निस्दी गाउँपालिका, रुकमको सानीभेरी गाउँपालिका, जुम्लाको गुठिचौर गाउँपालिका, बझाङको तलकोट र मष्टा गाउँपालिका, दार्चुलाको मार्मा गाउँपालिका र कैलालीको चुरे गाउँपालिका गरी जम्मा १९ स्थानीय तहमा शाखा खोल्ने भएको छ । 

नेपाल इन्भेष्टमेन्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंकले १८ वटा स्थानीय तहमा शाखा खोल्दैछ । जसमध्ये, प्रदेश नं. १ को ३ वटा, प्रदेश नं. ३ को ५ वटा, प्रदेश नं. ४ को एउटा, प्रदेश नं. ५ को ४ वटा, प्रदेश नं. ६ को २ वटा र प्रदेश नं. ७ को ३ वटा स्थानीय तह रहेका छन् । हाल नेपाल इन्भेष्टमेन्ट बैंकका ६१ वटा शाखा सञ्चालनमा छन् । यस बैंकले दार्चुलाको दुहुँ गाउँपालिका, डडेलधुरकाको गन्यापधुरा गाउँपालिका, बैतडीको सुर्नया गाउँपालिका, कालिकोटको तिलागुफा नगरपालिका, दैलेखको आठबीस नगरपालिका, सल्यानको छत्रेश्वरी गाउँपालिका, रोल्पाको त्रिवेणी गाउँपालिका, प्युठानको मल्लरानी गाउँपालिका, दाङको शान्तिनगर गाउँपालिका, पर्वतको जलजला गाउँपालिका, सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका, रामेछापको लिखु गाउँपालिका, नुवाकोटको सुर्यगढी गाउँपालिका, दोलखाको विगु गाउँपालिका, धादिङको नेत्रावती गाँउपालिका, तेह्रथुमको फेदाप गाउँपालिका, पाँचथरको फाल्गुनन्द गाउँपालिका र भोजपुरको पौवादुङ गाउँपालिका गरी जम्मा १८ वटा स्थानीय तहमा शाखा विस्तार गर्ने भएको छ । 

जनता बैंक
जनता बैंकले १५ स्थानीय तहमा शाखा विस्तार गर्दैछ । जनताले प्रदेश नं. १ को २ वटा, प्रदेश नं. २ को ३ वटा, प्रदेश नं. ३ को २ वटा, प्रदेश नं. ४ को ३ वटा, प्रदेश नं. ५ को २ वटा, प्रदेश नं. ५ को २ वटा र ७ को एउटा स्थानीय तहमा शाखा खोल्नेछ । जनताले मोरङको धनपालथान गाउँपालिका, ताप्लेजुङको फक्तालुङ गाउँपालिका, बाराको सिम्रौनगढ नगरपालिका, सप्तरीको रुपनी गाउँपालिका, सिरहाको गोलबजार नगरपालिका, रामेछापको दोरम्बा गाउँपालिका, रसुवाको नौकुण्ड गाउँपालिका, गोरखाको सुलीकोट गाउँपालिका, लमजुङको दोर्दी गाउँपालिका, मनाङको नार्फु गाउँपालिका, रोल्पाको थबाङ गाउँपालिका, सल्यानको त्रिवेणी गाउँपालिका, जाजरकोटको छेडागाड नगरपालिका, जुम्लाको तातोपानी गाउँपालिका र दाचर्’लाको नौगाड गाउँपालिकामा शाखा विस्तार गर्ने भएको छ । हाल जनता बैंकको उपत्यकाबाहिर ५१ र उपत्यकाभित्र १३ वटा गरी ६४ वटा शाखा सञ्चालनमा छन् । 

बाँकी स्थानीय तहमा किन पुगेन बैंक शाखा ? 
७ सय ४४ स्थानीय तहमध्ये चार सय ११ स्थानीय तहहरुमा बैंक शाखा छैैनन्, तर २७ वटा वाणिज्य बैंकहरुले २ सय ५० वटा स्थानीय तहमा मात्रै बैंक शाखा पु¥याउने भएका छन् । हाल शाखा नभएका ४ सय ११ मध्ये २ सय ५० मा सामान्य भौतिक पूर्वाधारहरु भएकाले शाखा खोल्न लागिएको नेपाल बैंकर्स संघका कार्यकारी अधिकृत अनिल शर्माले बताए । ‘अहिले शाखा खोल्न लागेको २ सय ५० न्युनतम मात्रै भौतिक पूर्वाधारहरु छन,’ बैंकिङ खबरसँग कुरा गर्दै संघका कार्यकारी अधिकृत शर्माले भने ‘बाँकी रहेको १ सय ६१ स्थानीय तहमा बाटो, यातायात, वत्ति लगायत न्युनतम भौतिक पूर्वाधार समेत नभएकाले शाखा खोल्न गाह्रो भएको हो ।’ 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]