July 27th, 2017

अब मोवाइलबाटै स्कूल फि तिर्न सकिने  (हेरौं ई शिक्षा बारे जानकारी)   

शैक्षिक संस्थाहरुलाई अत्यन्तै उपयोगी ई शिक्षा पोर्टल एक समारोहबीच प्रभु बैकका प्रमुख कार्यकारी अधिकुत अशोक शेरचनले हालै उद्घाटन गरे । शैक्षिक संस्थाहरुलाई प्रसाशनिक, आर्थिक, शैक्षिक तथा अन्य कार्यहरुलाई ई शिक्षा पोर्टल फलदायी हुने  विस्वास लिइएको छ । यो पोर्टल भारत स्थीत ई शिक्ष कम्पनीले नीर्माण गरी संञ्चालीत अन्तराष्ट्रिय स्तरको शैक्षिक पोर्टल हो । सम्पुर्ण स्कुल तथा कलेजलाई आधुनीकिकरण गर्नुका साथै अभिभावक तथा विद्यार्थीहरुलाई सम्पुर्ण कार्य अनुगमन गर्न ई शिक्षा लाभदायक हुने विश्वासका साथ प्रभु ग्रुपले सामाजिक उत्तरदायित्व अन्तरगत रहेर यो कार्य अघि बढाएको जनाएको छ । विद्यार्थी, यातायात, पुस्तकालय, होमवर्क, वित्तिय विवरण, हाजीरी, परिक्षा, परामशर्, बिज्ञापन, अनलाइन जाँच, सुविधा चौविसै घण्टा तथा सातैदिन प्रभुको संजालबाट शुल्क संकलन तथा ई बैकिङबाट तिर्न मिल्ने सुविधा सहित अभिभावकले यसबारे घरैबाट अनुगमन गर्नुका साथै चाहिए अनुसारको सुचना सम्पे्रष गर्न सक्ने छन् । 

के हो ई शिक्षा ?
भारत तथा अन्य मुलुकमा निकै लोकप्रिय मानिएको इशिक्षा कार्यक्रम नेपालमा भित्रिएको हो । अन्तराष्ट्रिय रुपमै सरल र लोकप्रिय मानिएको यो सेवाले नेपाली शैक्षिक क्षेत्र र नेपाली बेंकिङ क्षेत्र दुवैको प्राविधिक रुपमा उल्लेखनिय विकास गर्ने अपेक्षा गरिएको छ । 

इशिक्षालाई नेपाल भित्राउनका लागि प्रभु ग्रुप अन्तरगत प्रभु बैंकले बैंकिङ पार्टनर गरेको छ । यो सफ्टवेयर नेपाली बैंकिङ क्षेत्रमा विल्कुलै नयाँ प्रविधि हो । शैक्षिक संस्थाहरुलाई लक्षित सफ्टवेयर निर्माण गर्दै आएको भारतको ‘इ–शिक्षा’ कम्पनीसँगको सहकार्यमा प्रभु म्यानेजमेन्टले सो सफ्टवेयर ल्याएको हो । सफ्टवेयर प्रयोगपछि स्कूलका सबै गतिविधिको रेकर्ड, अनुगमन, हिसाव तथा भुक्तानी अनलाईनबाट हुने बताईएको छ । इशिक्षा सेवाले  समय र लागत दुबै बचत हुन्छ । प्रविधिको प्रयोगलाई प्रोत्साहित गर्न, र प्रविधि प्रयोगको बानी विकास गराउन यसले मद्धत पुग्ने छ । सफ्टवेयरको प्रयोगपछि स्कूलका सबै गतिविधि डिजिटलाईजेशन हुनेछन् । भारत लगायतका केही मुलुकमा यो सेवा निकै लाभदायक देखिएको छ । यसले समय बचत र प्रविधिको प्रयोग दुवैलाई सँगै लैजान्छ । शैक्षिक संस्थाको आयव्याय, विद्यार्थी, शिक्षक, कर्मचारीको हाजिर, विद्यार्थीको गृहकार्य, उनीहरुका गतिविधि सबै शैक्षिक संस्थाको कार्यकारी प्रमुखले अनलाईन तथा मोवाईल एप्सबाट हेर्न र अनुगमन गर्न सक्छन्  । विद्यालयले लिने परीक्षा, परीक्षाको नतिजा, प्रमाणपत्र वितरण तथा शैक्षिक सामाग्री वितरणको जनाकारी एप्सबाटै हेर्न सकिने छ । ‘छोरा छोरी कहाँ छन्, स्कूलको बस कहाँ छ भनेर अभिभावकले मोवाईबाटै जानकारी लिन सक्छन्, स्कूलमा तिर्नु पर्ने फि अनलाईनबाटै भुक्तानी गर्न सकिन्छ । विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी सबैलाई यो सफ्टवेयर लाभदायक छ । प्रभु बैंकमा बैकिङ कारोबार गर्ने शैक्षिक संस्थालाई सफ्टवेयर निःशुल्क दिने योजना छ । यो सेवापछि मध्यराती मोवाइलबाटै स्कूलको शुल्क ट्रान्सफर गर्न  मिल्छ । जस अनुसार आफूले संझेको बेलामा पैसा पठाउन मिल्छ, बैंक धाउनु पर्दैन ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]