July 27th, 2017

नेपाली नारीको सान्दार बैंकिङ करियर, दुई वाणिज्य बैंकमा डेपुटी सिईओ

c रोयल आचार्य । नेपालको संविधानले हरेक क्षेत्रमा महिलाको सहभागीता अर्थपूर्ण हुनु पर्ने व्यवस्था गरे पनि अझै कतिपय क्षेत्रमा महिलालाई केवल संख्या पुर्याउने हिसाबले मात्रै राख्ने गरिएको छ । बैंकिङ क्षेत्रको कुरा गर्ने हो भने बैंकका कर्मचारीहरु अधिकांश महिला नै छन् । तर ठूला पदमा भने महिला ज्यादै न्युन छन् । २८ वटा वाणिज्य बैंकहरु मध्ये एउटा बैंकको प्रमुख कर्मचारी महिला छ्रैनन् । सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत पुरुष नै छन् । २ वटा वाणिज्य बैंकहरुको उप प्रमुख कार्यकारी अधिकृतमा भने महिला छन् । बैंकिङ क्षेत्रको सबैभन्दा ठूला कर्मचारी भनेका नै उनै हुन् । यसै सन्दर्भमा तयार पारिएको रिपोर्ट यहाँ प्रस्तुत गरिन्छः 

दुई बैंकको डेपुटी सिईओमा महिला 
मेगा बैंक र नेपाल क्रेडिट एण्ड कमर्श बैंकको डेपुटी सिईओमा महिला छन् । मेगा बैंकको डेपुटी सिईओ अनुपमा खुञ्जेली छिन् भने नेपाल क्रेडिट एण्ड कमर्श बैंकको डेपुटी सिईओमा वन्दना पाठक छिन् । पाठक एनसीसी बैंकको प्रवक्ता समेत हुन् । यी दुई महिला नै नेपालका सबैभन्दा ठूलो पदमा पुगेका बैंकका महिला कर्मचारी हुन् । त्यस्तै एनआईसी एसिया बैंकको गुनासो सुन्ने अधिकारी नै महिलालाई राखिएको छ । यस बैंकको गुनासो सुन्ने अधिकारी सोफि पौड्याल हुन् । 

मेनेजमेन्ट टिममा महिलाको न्यून उपस्थिती
मेगा बैंकमा डेपुटी सिइओ सहित ५ जना महिलाहरु म्यानेजमेन्ट टिममा छन् । बैंकको उप–प्रमुख कार्यकारी अधिकृतमा अनुपमा खुञ्जेली छिन् भने सहायक उप–प्रमुख कार्यकारी अधिकृतमा रविना देशराज श्रेष्ठ छिन् । यस बैंकको मेगा कर्पोरेट क्रेडिट एण्ड इन्फ्रस्ट्रक्चर फाइनान्सिङमा प्रज्ञा पाण्डे, ग्लोबल मार्केट डिपार्ट हेडमा डेनी श्रेष्ठ र डिपोजिट एण्ड रेमिट्यान्स हेडमा जेनु थापा छिन् । 

सानिमा बैंकको म्यानेजमेन्ट कमिटि ४ जना महिला छन् । म्यानेजमेन्ट टिम नै सानिमाको जम्बो भएकाले ४ जनाको संख्यामा महिला अटेका हुन । म्यानेजमेन्ट टिमका ४ महिलाहरुमा डिपोजिट म्यानेजमेन्ट हेड प्रिति सिंह, क्रेडिट रिक्स विजनेश डिपार्टको मेनेजरमा रमा खड्का, एच आर डिपार्ट हेडमा रमिला श्रेष्ठ र ट्रेड फाइनान्स हेडमा सविना श्रेष्ठ रहेका छन् । 

एनएमबी बैंकका चिफ बिजनेश सपोर्ट डिपार्ट अफिसर सवनम लिम्बू जोशी छिन् । प्रभु बैंकको म्यानेजमेन्ट टिममा महिला नभए पनि बिभिन्न विभाग प्रमुखमा महिला छन् । प्रभुको प्रिभिलेज बैंकिङ हेडमा अनुपमा शेरचन र ह्युमन रिसोर्सेस डिपार्ट प्रमुखमा रश्मी पन्त छिन् । 

सेञ्चुरी बैंकमा ३ जनाको म्यानेजमेन्ट कमिटि छ । यस बैंकको म्यानेजमेन्ट कमिटिमा महिला छैनन् । बैंकको २७ वटा डिपार्टहरु छन्, तीमध्ये ६ वटा डिपार्ट प्रमुख महिला छन् । यस बैंकको सेन्ट्रल क्रेडिट प्रमुख अनुपमा श्रेष्ठ मानन्धर छिन् । बैंकको ह्युमन रिसोर्सेस प्रमुखमा दिक्षा श्रेष्ठ, कार्ड डिपार्ट हेड चन्दीका जोशी, अपरेशन रिक्स डिपार्ड हेड नेहा मल्ल राजभण्डारी, डिपोजिट बैंकिङ डिपार्टहेड रश्मी जोशी र कष्टुमर सर्भिस डिपार्ट हेड संगिता मल्ल छन् । 

सिभिल बैंकको २३ जनाको म्यानेटमेन्ट टिममा १ जना मात्रै महिला छिन् । बैंकको म्यानेजमेन्ट कमिटिमा अटाउने एक मात्र महिला मणी थापा शाह हुन् । उनी सिभिल बैंकको कम्प्लायन्स डिपार्टमेन्ट प्रमुख छिन् । जनता बैंकमा ११ जनाको म्यानेजमेन्ट टिम छ । यसमा एक जना महिला छिन् । सनराईज बैंकमा पाँच जनाको म्यानेजमेन्ट टिम छ । यसमा एक जना महिला छिन् । प्राइम कमर्शियल बैंकमा १७ जनाको म्यानेजमेन्ट कमिटि छ । यसमा चार जना महिलाहरु छन् । सिटिजन्स बैंक इनटरनेशनलमा १० जनाको म्यानेजमेन्ट टिम छ । यसमा पनि एक जना मात्र महिला कर्मचारी छिन् । ग्लोबल आइएमई बैंकमा पनि १० जनाको म्यानेजमेन्ट टिम रहेकोमा महिला कर्मचारी एक जना मात्रै छिन् । कुमारी बैंकमा भने २४ जनाको म्यानेजमेन्ट टिम छ । यसमा महिला कर्मचारी तीन जना मात्र छन् । 

विदेशी लगानी रहेको स्टाण्डर्ड चार्टड बैंकको म्यानेजमेन्ट कमिटिमा एक जना महिला छिन् । यस बैंकको ह्युमन रिसोर्सेस डिपार्ट प्रमुखमा बिना राना छिन् । हिमालयन बैंकको म्यानेजमेन्ट टिममा ३ जना महिलाहरु छन् । यस बैंकको रिस्क मेनेजमेन्ट डिपार्टमेन्ट हेड सिसम प्रधानांग जोशी, स्विफ्ट डिपार्टमेन्ट हेड सुनिता श्रेष्ठ र कम्प्लायन्स एण्ड कन्ट्रोल डिपार्टमेन्ट हेड भवानी घिमिरे छिन् ।  नेपाल बंगलादेश बैंकको म्यानेजमेन्ट टिममा एक जना महिला छिन् । उनी विजनेश अफिसर हुन् ।

केही बैंकको डिपार्टमेन्ट हेडसम्म छन् महिला
सिद्धार्थ बैंकको क्रेडिट रिक्स हेडमा भने महिला छिन् । नेपालको पहिलो प्राइभेट बैंक नविल बैंकको विभिन्न डिपार्ट प्रमुखमा महिला कर्मचारीहरु छन् । यस बैंकको सेन्ट्रल प्रोसेसिङ डिपार्ट प्रमुखमा अनिता गिरी, क्रेडिट रिक्स म्यानेजमेन्ट हेडमा निना थापा, सीएएस एण्ड एनपिए मेनेजमेन्ट हेडमा निलम तुलाधर र इन्ट्रनल अडिट डिपार्ट प्रमुखमा अञ्जुली श्रेष्ठ छन् । 

नेपाल इन्भेष्टमेन्ट बैंकको एसिस्टेन्ट मेनजर लेभलसम्म एक जना महिला पनि छैनन् । यस बैंकको डिपार्टमेन्ट हेडमा भने विभिन्न डिपार्टमा छ जना महिलाहरु छन् । यस बैंकको रिटेल बैंक डिर्पा प्रमुख दिप्ता श्रेष्ठ, ह्युमन रिसोर्सेस डिपार्ट प्रमुखमा डिना लामा, जेनेरल सर्भिस डिपार्ट हेड उषा पाण्डे, रिक्स मेनेजमेन्ट डिपार्ट हेड सुजता जोशी, कम्प्लायन्स डिपार्टमेन्ट हेड बन्दना थापा र कर्पोरेट डिपार्ट हेडमा सिर्जना पाण्डे छन् । 

एनआइशि एशिया बैंकको डिपोजिट एण्ड ट्रान्जेक्शन बैंकिङ हेड शिलु अमात्य छिन् भने गुनासो सुन्ने अधिकारी सेलिना अमात्य छिन् । उनीहरु नै यस बैंकका सबैभन्दा ठूला महिला कर्मचारी हुन् । लक्ष्मी बैंकमा ब्रान्च मेनेजर मात्रै महिला छन् । मेनेजमेन्ट कमिटिसम्म महिलाहरु पुगेका छैनन् । 

एभरेष्ट बैंकको पाँच जनाको म्यानेजमेनट टिम छ, तर सबै पुरुष मात्रै छन् । एभरेष्टको डिपार्ट हेडमा समेत एक जना महिला पनि छैनन् । सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकको म्यानेजमेन्ट टिममा पनि एक जना समेत महिला छैनन् । नेपालको सबैभन्दा पुरानो बैंक नेपाल बैंकको सञ्चालक समितिमा महिला छैनन् । एसएमई क्रेडिट डिपार्टमा एक जना महिला छिन् । बैंक अफ काठमाण्डूमा ११ जनाको म्यानेजमेन्ट कमिटि छ । तर १ जना पनि महिला म्यानेजमेन्ट कमिटिमा छैनन् । कृषि विकास बैंकमा चार जना पुरुषको म्यानेजमेन्ट टिम छ । नेपाल एसबिआई बैंकको म्यानेजमेन्ट टिममा पनि महिला छैनन् । एभरेष्ट बैंकको ५ जनाको म्यानेजमेनट टिम छ तर सबै पुरुष मात्रै छन । एभरेष्टको डिपार्ट हेडमा समेत एक जना महिला पनि छैनन् । माछापुच्छ्रे बैंकमा चार जनाको म्यानेजमेन्ट टिम छ । यसमा पनि महिला छैनन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]