July 26th, 2017

सञ्चालनको अन्तिम तयारीमा तीन वटा जीवन बीमा कम्पनी

नेपालको बीमा क्षेत्रमा तीन वटा कम्पनीहरु छिटै नै थपिने भएका छन् । जीवन बीमा कम्पनीको लाइसेन्सका लागि अर्थ मन्त्रालयबाट स्वीकृति पाएका १० मध्ये तीनओटा कम्पनीलाई बीमा समितिले सञ्चालन इजाजतपत्र (अपरेटिङ लाइसेन्स) दिएको छ । आईएमई लाइफ, ज्योति लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सले तोकिएको २ अर्ब रुपैयाँ चुक्तापूँजी र्पुयाएर असार २० मा लाइसेन्स पाएका थिए । अब छिटै नै व्यवसाय थाल्ने तयारीमा यी कम्पनीहरु छन् । ६ महीनाभित्र आवश्यक पूर्वाधार निर्माण, कर्मचारी व्यवस्थापन, पुनर्बीमा करार, बीमाङ्कीको नियुक्तिलगायत शर्त पूरा गरेपछि यी कम्पनीहरुले व्यवसाय शुरू गर्ने प्रमाणपत्र पाउने पाउनेछन् । 

प्रक्रियामा सन नेपाल
अपरेटिङ लाइसेन्सका लागि सन नेपाल लाइफ इन्स्योरेन्सले पनि फाइल दर्ता गराएको छ । उक्त कम्पनीको चुक्तापूँजीको अवस्था र कागजात छानबिन गरेर समितिको बोर्ड बैठकले लाइसेन्सबारे निर्णय गर्नेछ । यसबाहेक, रिलायबल, सिटिजन, स्टार, रिलायन्स, सानिमा र महालक्ष्मी गरी छ वटाको लाइसेन्स प्रक्रिया सुरु हुन बाँकी छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]