July 26th, 2017

आधुनिक बैंकिङले सहज पार्दैछ जीवन

बैंकिङ खबर/ आधुनिक बैकिङ्ग पद्धतिको विकाससंगै चेक, प्लास्टिक मूद्रा (डेविट कार्ड, क्रेडिट कार्डं) इलेक्ट्रोनिक बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, मोबाईल बैंकिङ समेतको विकास भइसकेको छ । अन्तर्राष्ट्रिय व्यापारको विविधतासँगै मुद्रा प्रचलनको सहजताका लागि विभिन्न अन्तर्राष्ट्रिय मुद्राहरुमध्ये अमेरिकी डलरलाई आधार मुद्राको रुपमा लिई अन्तर्राष्ट्रिय व्यापार गरिँदै आएको छ । विश्व व्यापारीकरणसँगै एक अर्कामा परनिर्भर बन्दै गएको बढ्दो अन्तराष्ट्रिय व्यापारिक कारोबारलाई जीवन्तता दिन आधुनिक बैकिङ्ग प्रणालीले नयाँ पद्धतिहरु अपानाएर दिएको सेवाले मानव जीवनलाई निकै सहज तुल्याएको छ ।

विनिमयको लागी चेकको प्रयोग
checkआधुनिक बैंकिङ प्रणालीको विकाससँगै चेकको प्रयोग विनिमय योग्य साधनको रुपमा गरिन थालियो । २० औँ शताब्दी यता एउटा खाताबाट अर्को खातामा रकमान्तर गर्न चेकको प्रयोग धेरै मात्रामा भयो । प्रविधिको विकाससँगै ईलेक्ट्रोनिक माध्यमको प्रयोगका कारणले चेकको प्रयोगमा केही कमी आएको छ । 

डेविट / क्रेडिट कार्ड
credit cardविज्ञान र सुचना प्रविधिको विकाससँगै ट्राभल एजेन्सीहरु तथा अमेरिकन एक्सप्रेस आदीले डेविट/क्रेडिट कार्डहरु निष्कासन गर्न थाले । त्यसैगरी बैंकहरुले यस्तै कार्डहरु तथा अन्य प्लास्टिकका कार्डहरु लगायत अन्य उपकरणहरु प्रचलनमा ल्याईरहेका छन् । प्रविधिको विकाससँगै एटिएम कार्ड तथा अन्य डेविट, क्रेडिट कार्डहरुको पनि विकास भयो । जसका माध्यमबाट स्वदेश तथा विदेशमा समेत मानिसहरुले भरपर्दो र छिटो छरितो माध्यमबाट पैसाको कारोबार गरिरहेका छन् । यसरी प्राचिन कालमा प्रारम्भ भएको धातुका मुद्राहरुको प्रतिस्थापन हुँदै हुँदै आएर हाल सुचना प्रविधिको विकास सँगै सुचना सञ्जाल मार्फत नै ठुलो परिमाणमा मुद्राको कारोबार भइरहेको छ । 

अन्तर्राष्ट्रिय मुद्राहरु : विश्वव्यापी कारोबारका लागि 
मुद्रा अब कुनै राष्ट्रको सिमाभित्र मात्र सीमित नरही यसको अन्तरसम्बन्ध पनि त्यतिकै महत्वको विषय बनिसकेको छ । तसर्थ प्रत्येक राष्ट्रले निश्चित अन्तर्राष्ट्रिय मुद्राहरुलाई विनिमय योग्य मान्दै ती मुद्राहरुको परिपत्र दर सोहि देशको केन्द्रीय बैंकले निर्धारण गर्ने गर्दछन् । अन्तर्राष्ट्रिय व्यापारिक कारोबारलाई वैधानिक मान्यता दिँदै अन्तर्राष्ट्रिय व्यापारिक कारोबारलाई सहज र सुलभ बनाई आधिकारिक रुपमा मान्य हुने गरि मान्यता प्राप्त अन्तर्राष्ट्रिय मुद्राहरु जस्तैः अमेरिकी डलर, पाउण्ड स्टर्लिङ्ग, युरो आदिलाई भुक्तानीको आधार मुद्रा कायम गरी एक देशका व्यापारीले अर्को देशका व्यापारीबाट आफ्नो वस्तुको मुल्य बापतको भुक्तानी लिनेदिने गर्दछन् ।

यसरी धानसँग मकै र मकैसँग धान साटेर सुरु भएको वस्तु विनिमय प्रणाली आज एउटा कार्डबाट चाहेजति रकम निकाल्न मिल्ने प्रविधीमा रुपान्तरण भईसकेको छ । यसकारण प्रविधीको विकाससँगै हाम्रा विनिमय पनि वैज्ञानिक, सहज हुँदै गएको छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]