July 25th, 2017

ईशिक्षा कार्यक्रम सुरुवात, एनी टाइम : मोवाइलबाटै स्कूल ‘फि’,

बैंकिङ खबर / तपार्इं स्कूल कलेज तथा अन्य शैक्षिक संघसंस्था संचालन गर्नुभएको छ भने तपाईका लागि अत्यन्तै अपयोगि नयाँ सफ्वेयरको विकास भएको छ । भारत तथा अन्य मुलुकमा निकै लोकप्रिय मानिएको इशिक्षा कार्यक्रम नेपालमा भित्रिएको हो । अन्तराष्ट्रिय रुपमै सरल र लोकप्रिय मानिएको यो सेवाले नेपाली शैक्षिक क्षेत्र र नेपाली बेंकिङ क्षेत्र दुवैको प्राविधिक रुपमा उल्लेखनिय विकास गर्ने अपेक्षा गरिएको छ । 

इशिक्षालाई नेपाल भित्राउनका लागि प्रभु ग्रुप अन्तरगत प्रभु बैंकले बैंकिङ पार्टनर गरेको छ । यो सफ्टवेयर नेपाली बैंकिङ क्षेत्रमा विल्कुलै नयाँ प्रविधि हो । शैक्षिक संस्थाहरुलाई लक्षित सफ्टवेयर निर्माण गर्दै आएको भारतको ‘इ–शिक्षा’ कम्पनीसँगको सहकार्यमा प्रभु म्यानेजमेन्टले सो सफ्टवेयर ल्याएको हो । इशिक्षाको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सोमबार उद्घाटन गरे । उनले राजधानीमा आयोजित एक कार्यक्रममा सो सफ्टवेयरको उद्घाटन गरेका हुन् ।यो सफ्टवेयर प्रयोगपछि स्कूलका सबै गतिविधिको रेकर्ड, अनुगमन, हिसाव तथा भुक्तानी अनलाईनबाट हुने बताईएको छ । 

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैंकले नाफा नभई सामाजिक उत्तरदाहित्वको रुपमा इशिक्षा कार्यक्रम सुरु गरिएको बताए  । उनका अनुसार इशिक्षा सेवाले  समय र लागत दुबै बचत हुन्छ । प्रविधिको प्रयोगलाई प्रोत्साहित गर्न, र प्रविधि प्रयोगको बानी विकास गराउन यसले मद्धत पुग्ने उनले बताए । ‘नाफालाई कम प्राथमिकता दिएर स्कूलहरुलाई न्यूनतम शुल्कमा यो सेवा दिनेछौं’ शेरचनले भने । सफ्टवेयरको प्रयोगपछि स्कूलका सबै गतिविधि डिजिटलाईजेशन हुनेछन् । भारत लगायतका केही मुलुकमा यो सेवा निकै लाभदायक देखिएको छ । यसले समय बचत र प्रविधिको प्रयोग दुवैलाई सँगै लैजान्छ ।  

प्रभु म्यानेजमेन्टका कुशुम लामाका अनुसार शैक्षिक संस्थाको आयव्याय, विद्यार्थी, शिक्षक, कर्मचारीको हाजिर, विद्यार्थीको गृहकार्य, उनीहरुका गतिविधि सबै शैक्षिक संस्थाको कार्यकारी प्रमुखले अनलाईन तथा मोवाईल एप्सबाट हेर्न र अनुगमन गर्न सक्छन्  । विद्यालयले लिने परीक्षा, परीक्षाको नतिजा, प्रमाणपत्र वितरण तथा शैक्षिक सामाग्री वितरणको जनाकारी एप्सबाटै हेर्न सकिने छ । ‘छोरा छोरी कहाँ छन्, स्कूलको बस कहाँ छ भनेर अभिभावकले मोवाईबाटै जानकारी लिन सक्छन्, स्कूलमा तिर्नु पर्ने फि अनलाईनबाटै भुक्तानी गर्न सकिन्छ’ लामाले भनिन–‘विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी सबैलाई यो सफ्टवेयर लाभदायक छ ।’ प्रभु बैंकमा बैकिङ कारोबार गर्ने शैक्षिक संस्थालाई सफ्टवेयर निःशुल्क दिने योजना छ । यो सेवापछि मध्यराती मोवाइलबाटै स्कूलको शुल्क ट्रान्सफर गर्न  मिल्छ । जस अनुसार आफूले संझेको बेलामा पैसा पठाउन मिल्छ बैंक धाउनु पर्दैन । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]