July 24th, 2017

लघुवित्त संस्थाको आधाभन्दा बढी कर्जा कृषिमा, बहुसंख्यक शाखा ग्रामीण क्षेत्रमा

लघुवित्त वित्तीय संस्थाहरुले आधाभन्दा बढी कर्जा कृषि क्षेत्रमा प्रवाह गरेको पाइएको छ । लघुवित्त केन्द्रले सार्वजनिक गरेको लघुवित्तहरूको सामाजिक कार्य प्रतिवेदनका अनुसार लघुवित्तको ५१ प्रतिशत कर्जा कृषिमा प्रवाह भएको पाइएको हो । उक्त प्रतिवेदनका अनुसार, मध्यमवर्गीय उद्यमशीलताका कार्यक्रममा र साना उद्यममा लघुवित्तको करीब १८ प्रतिशत कर्जा प्रवाह भएको छ । 

बहुसंख्यक शाखा ग्रामीण क्षेत्रमा
प्रतिवेदनले लघुवित्तहरुको बहुसंख्यक शाखा ग्रामीण क्षेत्रमा रहेको देखाएको छ । ५९ प्रतिशत लघुवित्तका शाखाहरू ग्रामीण क्षेत्रमा रहेको र २८ प्रतिशत शाखाहरू अतिविपन्न वर्गको वस्ती भएको क्षेत्रमा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । लघुवित्तहरूले ग्रामीण क्षेत्रका जनताको आर्थिक सशक्तीकरणमा टेवा पुर्याएको सो प्रतिवेदनमा उल्लेख छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]